• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
माओवादी छाडेर एमालेमा गएकाहरुको बन्दीको जस्तो अवस्था छः प्रभु साह




नेकपा एमालेको स्थायी समिति सदस्य छाडेर स्वतन्त्र उम्मेदवारी दिएका बामपंथी नेता प्रभु साहले माओवादी छाडेर एमालेमा गएकाहरुको अवस्था बन्धकजस्तै भएको बताउनुभएको छ ।

ग्लोबल टेलिभिजनलाई अन्तर्वार्ता दिंदै उहाँले माओवादी छाडेर एमालेमा गएका कोही पनि नेता सन्तुष्ट नभएको बताउनुभयो । माओवादीबाट नेतृत्व गरेरै गएका उपाध्यक्ष रामबहादुर थापा बादलको समेत अपमान गरिएको उहाँले बताउनुभयो ।

बादललाई जानकारी नै नदिएर बादललाई अपमान गर्न उहाँकी श्रीमतीलाई समानुपातिकमा राखिएको र उहाँसँग नसोधेरै काठमाडौं १० मा चुनाव लड्न पठाएको गुनासो पनि उहाँले गर्नुभयो ।

‘हिजो नेकपा हुँदा केही समय केपी ओलीलाई नै प्रधानमन्त्री हुन दिएको भए हुन्थ्यो, प्रचण्डजीले हतार गर्नुभयो भनेर हामी ओलीजीलाई साथ दिएका थियौं तर उहाँले त नेता कार्यकर्तालाई गुलामको हैसियतमा राख्न खोज्नु हुँदो रहेछ’– साहले भन्नुभयो– ‘एमाले कमरेडहरुको पार्टी कि गुलामको पार्टी भन्ने छुट्याउन नसकिने अवस्था आएको छ ।’

ओलीको अहंकार पराजित भएपछि नयाँ ध्रुवीकरणको संभावना
पार्टीको टिकट अस्वीकार गरेर रौतहट ३ मा स्वतन्त्र उम्मेदवारी दिएका नेता साहले आफूहरुको चुनावपछिको बाटो जनादेशअनुसार तय हुने बताउनुभयो । ‘हामी अहिले स्वतन्त्र भएका हौं कतै गएका छैनौं तर बलियो बामपंथी पार्टी बनाउनुपर्छ भन्ने मान्यतामा छौं, अहिले ओलीजीको अहंकार बलियो कम्युनिष्ट पार्टी बनाउन बाधक भइरहेको छ, चुनावपछि उहाँको अहंकार पराजित भयो भने नयाँ ध्रुवीकरणको ढोका खुल्न सक्छ र त्यसपछि समीक्षा गरेर अगाडि बढ्न सकिने छ ।

Facebook Comments