• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नोबेल शान्ति पुरस्कार फ्रान्सकी साहित्यकार एर्नोलाई




यस वर्षको नोबेल साहित्य पुरस्कार फ्रान्सेली साहित्यकार एनी एर्नोलाई प्रदान गर्ने घोषणा गरिएको छ ।

नोबेल पुरस्कार दिने ‘द स्विडिश एकेडेमी’ले एर्नोले विषयका जडसम्म पुगेर, बिछोड र सामूहिक संयमका स्मरणहरूबारे लेख्ने गर्नुभएको जनाएको छ । त्यसैका लागि उहाँले नोबेल साहित्य पुरस्कार पाउनुभएको हो ।

उहाँले सामाजिक असमानता र त्यसले मानिसको जीवनलाई कसरी प्रभाव पार्छ भन्नेबारे खोतल्ने गर्नुहुन्छ । एर्नोले व्यवसायक लेखन थाल्नुपहिले एक शिक्षिकाका रूपमा काम गर्नुभएको थियो । उहाँका ‘अ म्यान्स प्लेस’ र ‘अ वुमन्स स्टोरी’ लगायतका पुस्तकहरू समकालीन फ्रान्सका उत्कृष्ट साहित्यमा गनिन्छन् ।

नोबेल पुरस्कार कमिटीका अध्यक्ष प्रोफेसर कार्ल हेनरिक हेल्डिनले एर्नोले नोम्र्यान्डी फ्रान्समा बाल्यकाल बिताउनुभएको र उहाँको परिवेश त्यस बेला ‘गरिब तर महत्त्वाकाङ्क्षी’ रहेको बताउनुभयो ।

यो पुरस्कार स्विडिश एकेडेमीले प्रदान गर्ने गर्छ र एक करोड स्विडिश क्रोनर अर्थात् आठ लाख डलर बराबरको रहेको छ । गत वर्षको नोबेल शान्ति पुरस्कार तान्जनियाका उपन्यासकार अब्दुल रजाक गुर्नाले पाउनुभएको थियो ।

Facebook Comments