• ४ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती लोकमार्गसहित सल्यानका अधिकांश सडक अवरुद्ध




लगातार दुई दिनदेखि परेको अविरल वर्षातका कारण राप्ती लोकमार्गको सल्यानखण्ड अवरुद्ध भएको छ ।

वर्षात्‌का कारण ठाँउठाँउमा आएको पहिरोले राप्ती लोकमार्ग, छिन्चु चौरजहारी सडक, खलंगा–कालिमाटी, थारमारे–चौरजहारी, लुहाम–काभ्रा, मोख्ला–दमाचौर, सालचौर–निगालचुला, रामपुर–दम्दवाली, लुहाम–फलाबाङ्ग, झिम्पे लगायत सडक रातिदेखि नै अवरुद्ध भएका हुन् ।

सडक अवरुद्ध हुँदा जिल्लावासीहरू प्रभावित भएका छन् । राप्ती राजमार्ग अवरुद्ध हुँदा रातिदेखि नै यात्रुहरू बीच बाटोमै अलपत्र परेका छन् भने दसैंमा आफन्तकहाँ टीका लगाउन जानेहरू समस्यामा परेका छन् । कतिपय घरबाट बाहिर निस्कन सकेका छैनन् भने कतिपय सडक अवरुद्ध भएका कारण बीचैबाट घर फर्कन बाध्य भएका छन् ।

वर्षात्‌का कारण राप्ती लोकमार्गमार्गको जलेखर्क र कपुरकोटको फलाटेमा गएको पहिरोका कारण राति दुई बजेदेखि सडक अवरुद्ध भएको र अहिले जेसीबी प्रयोग गरेर पहिरो हटाउने काम भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक दामोदर केसीले जानकारी दिनुभयो । अविरल वर्षात्‌का कारण पहिरो हटाए पनि माथिबाट खस्ने ढुंगामाटोले गर्दा सडक पूर्ण रुपमा सञ्चालनमा ल्याउन कठिनाइ भएको छ ।

Facebook Comments