दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।
मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
हिजो खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घोराही उपमहानगरपालिका १० निवासी ५५ बर्षिय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बिरबहादुर ओलीले जानकारी दिनुभयो ।
हिजो दिउँसो करिब १२ बजे खोलाले बगाउदा बेपत्ता भएका चौधरीको खोजतलास जारी छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।