• ४ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महिनावारी रोक्ने औषधि सेवन कति घातक ?




चाडपर्वलगायत लामो यात्रा तथा अन्य विशेष अवसरमा महिलाहरूले महिनावारी सार्ने औषधि सेवन गर्छन् । नेपालीहरूको महान् पर्व बडादसैँ र तिहारमा महिनावारीको समय पर्नेहरुले महिनावारी सार्ने औषधि बढी सेवन गर्ने स्त्रीरोग विशेषज्ञ डा श्रीप्रसाद अधिकारी बताउँछन् ।

यस समयमा स्वास्थ्यकर्मीको परामर्शबिना औषधि सेवन गरेको पाइन्छ । यसले भविष्यमा स्वास्थ्यमा गम्भीर खालका समस्या देखिने चिकित्सकहरू बताउँछन् । कतिपय महिलाले महिनावारी सार्ने औषधि सेवन गर्दा स्वास्थ्यमा समस्या आउँछ भन्ने जानकार हुन्छन् । तर घरमा पूजापाठ, श्राद्ध लगायतको बेला काममा असर नपरोस् भनेर महिनावारी सार्ने औषधि सेवन गर्छन् ।

हरेक महिना २८ देखि ३९ दिनको बीचमा हुने प्राकृतिक चक्र महिनावारी सुरु हुन्छ । यसलाई चाहेर पनि रोक्न सकिदैन । तर पूजा, चाडपर्वको बेला यो टाउको दुखाइको विषय बन्छ । फलस्वरुप यसलाई रोक्न महिनावारी सार्न प्रयोग गर्ने औषधि हर्मोन चक्की सेवन गर्छन् । जसको कारण हर्मोन परिवर्तनले तत्कालका लागि महिनावारी सर्छ ।

महिनावारी पर सार्ने औषधिले हर्मोनलाई असन्तुलित बनाउँछ । यस्तोबेला औषधिका रुपमा परिवार नियोजनको साधन पिल्स लगायत सेवन गर्दा इस्ट्रोजेन र प्रोजेस्टेरोन नामक हर्मोन बढ्छ । तात्काल महिनावारी रोकिए पनि पछि रक्तस्राव बढी हुन सक्छ ।

पछि यसको असर देखिन्छ । जसमा वाकवाक लाग्ने, धेरै सेवन गरेमा शरीर सुन्निने, उच्च रक्तचाप, मोटोपन, रगत बाक्लो, तौल बढ्ने, स्तन दुख्ने, महिनावारी हुँदा पेट दुख्ने, डाक्टरको सल्लाहबिना धेरै पटक महिनावारी रोक्ने औषधि सेवन गरेमा भविष्यमा पाठेघरको क्यान्सरको जोखिमसमेत हुन्छ ।

खास गरी मुटुका बिरामी, बढी वजन भएका, विगतमा स्ट्रोक भएकालाई हर्मोनको औषधि सेवन हुँदैन । जथाभाबी औषधि सेवन गर्दा यदि गर्भवती हुने योजना बनाउँदा यसले खतरा निम्त्याउँछ ।

महिनावारी सार्ने औषधि सेवन गर्न छाड्ने बित्तिकै महिनावारी हुन्छ भन्ने धेरैलाई लाग्छ । तर, औषधि खान छाडेको केही दिनपछि मात्रै हुन्छ । महिनावारी सार्नका लागि खाने औषधि कति मात्रामा खाने, कुन उमेरकाले कति वजनको औषधि सेवन गर्ने, यो औषधिको असर के हुन्छ, औषधि सेवन गर्न हुन्छ कि हुँदैन ? यसबारे गम्भीर भएर ख्याल गर्नुपर्ने डा. अधिकारी बताउँछन् ।

Facebook Comments