• ४ माघ २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
महराद्वारा समानुपातिकको बन्दसूचिबाट नाम फिर्ता, नयाँलाई अवसर दिन त्याग गरेको घोषणा




नेकपा माओवादी केन्द्रका उपाध्यक्ष उपाध्यक्ष कृष्णबहादुर महराले समानुपातिक बन्दसूचिबाट आफ्नो नाम फिर्ता लिनुभएको छ । महरासँगै प्रतिनिधिसभामा विभिन्न दलका नौ जनाले नाम फिर्ता लिएका छन् । त्यस्तै प्रदेशसभामा २० जनाले उम्मेदवारी फिर्ताको लागि आयोगमा निवेदन दिएका छन्।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सदस्यतर्फको समानुपातिक बन्दसूचीबाट ९ जना र प्रदेशसभातर्फ २० उम्मेदवारले उम्मेदवारी फिर्ता लिन चाहेका हुन्। उनीहरुले आयोगमै पुगेर समानुपातिकतर्फको बन्दसूचीबाट नाम फिर्ता लिन निवेदन दिएको निर्वाचन आयोगको समानुपातिक निर्वाचन हेर्ने प्रवक्ता गुरु वाग्लेले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसबाट ४, जनता समाजवादी पार्टी जसपाका ३, नेकपा माओवादी केन्द्रका १ र नेकपा एकीकृत समाजवादीका १ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्।

त्यस्तै प्रदेशसभातर्फ उम्मेदवारी फिर्ता लिएकामध्ये प्रदेश १ का ६ जना, मधेशका २, बागमतीका १०, गण्डकी र लुम्बिनीका १÷१ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। आयोगले कुनै उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा आज मध्यान्ह १२ बजेसम्मका लागि समय दिएको थियो। उनीहरुलाई उम्मेदवारको बन्दसूचीबाट फिर्ता लिन आज बिहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले निवेदन दिने समय दिइएको थियो।
आयोगले आजै निवेदन दिएका २९ जना उम्मेदवारबारे दिउँसो नै सम्बन्धित दललाई जानकारी गराइसकिएको जनाएको छ ।

यसैबीच माओवादी केन्द्रका उपाध्यक्ष महराले नयाँ पुस्तालाई अवसर दिन त्याग गरेको बताउनुभयो । ‘मैले संसदीय निर्वाचनमा धेरैपटक जितिसकेको छु, अब नयाँलाई अवसर दिनुपर्छ भनेर त्याग गरें, महराले भन्नुभयो– ‘अब नयाँलाई अवसर दिनुपर्छ भनेर मैले त्याग गरेको हुँ, हामीले अहिले त्याग नगर्ने हो भने नयाँले कहिले अवसर पाउने ।’

उहाँ २०६४ र २०७४ सालमा दाङबाट निर्वाचित हुनुभएको थियो । माओवादीभित्र सबभन्दा धेरै संसदीय अनुभव भएका उहाँले २०४८ सालसहित अहिलेसम्म चार वटा निर्वाचन जितिसक्नुभएको छ । उहाँ एकपटक सभामुख र छ पटक मन्त्री पनि बनिसक्नुभएको छ ।

Facebook Comments