• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
यसरी गँड्यौलाबाट गँड्यौले कम्पोस्ट मल बनाइ फाइदा लिन सकिन्छ




 श्रवण कुमार यादव दाङ -१७, असोज।
नेपालमा कृषकले बाली लगाउने समयमा रासायनिक मल र खाद नपाउने समस्या विगत लामो समयदेखि भोग्दै आएकोले समस्या समाधानतर्फ सजिलै विकल्पहरू देखिन्छ। गँड्यौलाबाट गँड्यौले कम्पोस्ट मल बनाइ फाइदा लिन सकिन्छ। खेतबारीबाट छ्वाली, ढोड, फलफुलका बोक्रा र तरकारीका बोट तथा पात प्राप्त हुन्छन् यी वस्तु टिनको बाकस, काठको बाकस वा माटाका भाँडामा तह तह बनाएर राखिन्छ ।No description available.No description available.
त्यसमा गड्यौला राखी बनाएको मललाई गँड्यौले मल भनिन्छ । यो कम्पोस्ट मल बनाउने नयाँ प्रविधि हो । यस तरिकाबाट उत्पादन हुने मललाई भर्मी कम्पोष्टिङ भनिन्छ । गंड्यौलाहरू विभिन्न थरीका हुन्छन् । तिनीहरूको आकार, प्रकार, रङ, स्वभाव आदि समेत फरक हुन्छ । युलिस, युजिनी र आइसिनिया फोइटिटा जातका गड्यौला जमिनको माथिल्लो तह अर्थात् माटाको सतहमा बस्छन् ।No description available.
अन्य जातका गँड्यौला माटामा प्वाल पारी भित्र रहन्छन् । गँड्यौलाले ९० प्रतिशत माटो र १० प्रतिशत प्राङ्गारिक पदार्थ खाने गर्छन् । त्यस कारण यी दुवै जात पालेर गँड्यौले कम्पोस्ट मल बनाउन सकिन्छ १. निम्न तरिका प्रयोग गरी गँड्यौले मल बनाउन सकिन्छ : (क) थुप्रो पारेर गँड्यौले मल बनाउने तरिका:- एक टन कम्पोस्ट मल बनाउनका लागि गोबर तीन भाग, झार पातहरू एक भाग र पराल, ढोड, छ्वाली एक भाग जम्मा गर्नुपर्छ । त्यसलाई राम्रोसँग भिजाएर थुप्रो बनाउनुपर्छ । थुप्रो तातेर सेलाएपछि प्रतिवर्ग क्युबिक फिटका दरले २०० ओटाका दरले गँड्यौला राख्नुपर्छ ।No description available.No description available.No description available.
करिब दुई महिनामा प्रतिक्युबिक फिटमा ६०० जति गँड्यौलाहरू बदल्छन् र गँड्यौले मल तयार हुन्छ । (ख) खाडल खनेर मल बनाउने तरिका:- यस तरिकामा १० x ६ x २ फिट क्रमशः लम्बाइ, चौडाइ र गहिराइ भएको खाडल खन्नुपर्छ । उक्त खाडलमा करिब आधा भाग गाईवस्तुको मल, सोत्तर, झारपात, छ्वाली र पराल मिलाउनुपर्छ । राखिएका वस्तु खुकुलो पारेर गँड्यौला बस्ने वासस्थान बनाउनुपर्छ त्यसैमा प्रतिक्युबिक फिटको दरले २०० ओटा गँड्यौला राख्नुपर्छ । यस्तो मल तयार गर्दा खाडलको लम्बाइ र चौडाइ आवश्यकताअनुरूप घटबढ गर्न सकिन्छ । (ग) ट्याङ्की बनाएर मल बनाउने तरिका:- यसका लागि १० x ६ x ३ फिटको खाडल बनाउनुपर्छ ।No description available.
जमिनको पिँधमा इँटा र ढुङ्गा राखी ट्याङ्की बनाउनुपर्छ । यसको पहिलो तहमा राम्रोसँग गलेको गोबर, मल र सोत्तर राख्नुपर्छ । त्यसपछि तह तह गरी गलेको कम्पोस्ट बनाउन उपयोगी हुने वस्तु राख्नुपर्छ । यसरी मिलाएको ठाउँमा प्रति क्युबिक फिटका दरले २०० ओटा गँड्यौला राखिदिनुपर्छ । त्यहाँ बेला बेलामा पानी छर्कनुपर्छ । त्यहाँ रहेका वस्तु ९० प्रतिशतसम्म कुहिएपछि पानी छर्कन छोड्नुपर्छ । मल बनेपछि छानेर मल र गँड्यौला छुट्याउनुपर्छ । २. गँड्यौले मलको फाइदा गँड्यौले मलका फाइदालाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ : (क) यो मल कालो, गन्धविहीन र बुरबुराउँदो हुन्छ ।No description available.
(ख) यसमा साधारण कम्पोस्ट मलभन्दा खाद्य तत्त्वहरू बढी रूपमा पाइन्छ । (ग) यो मलमा पानी सोस्ने गुण बढी हुन्छ, जसले भू-क्षय कम गर्न सक्छ । (घ) यो मल खेतका झारपातहरू र घरेलु फोहोरबाट बन्ने हुँदा वातावरण सफा हुन्छ । (ङ) गँड्यौला बढी उत्पादन भएमा हाँस, कुखुरा आदिको आहारा बनाउन सकिन्छ । (च) यस मलमा विषालु तत्त्व र अनावश्यक बिउ पाइँदैन ।
Facebook Comments