बाँकेका स्थापित पत्रकार ठाकुरसिंङ थारु आसन्न निर्वाचनमा बर्दियाबाट चुनाव लड्ने भएका छन् । नेपाल पत्रकार महासंघ बाँकेका पुर्वअध्यक्ष समेत रहेका उनी कान्तिपुर दैनिकमा कार्यरत छन् ।
उनी रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती पार्टीका तर्फबाट बर्दिया क्षेत्र नम्बर १ मा उमेदवार बन्ने भएका हुन् । थारुले केहीदिन अघि चुनाव लड्ने घोषणा समेत गरिसकेका छन् । अहिलेसम्म नागरिकका निम्ति काम गरेको र अब संसदमा पुगेर नागरिकका आवाज बोल्नका लागि उमेदवार बन्ने बताएका छन् ।
स्थानीय निर्वाचनमा देशका केही मुख्य शहरमा पालिककाको नेतृत्वमा सक्षम र युवा उमेदवारलाई स्थापित गरेजस्तै संघीय संसदमा समेत सक्षम युवालाई पुर्याउने उनको विश्वास छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।