• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घाइते भन्छन्– चालक निदाएकाले दुर्घटना भयो




सल्यानको मूलपानीमा जीप दुर्घटनाका घाइते तिलक ओलीको अहिले कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सो दुर्घटनामा परेर एक बालकसहित ८ जनाको मृत्यु भएको थियो।

दुर्घटनामा परेर गम्भीर घाइते सल्यान कपुरकोट गाउँपालिका ६ जलवाङका ३५ वर्षीय ओलीले चालक निदाउँदा दुर्घटना भएको बताउनुभएको छ। शरीरका धेरै भागमा गम्भीर चोट लागेर घाइते हुनुभएका उहाँले चालक निदाएपछि दुर्घटना भएको बताउनुभएको छ।

उहाँले दुर्घटनापछि आफूले नै भतिजोलाई फोन गरेर दुर्घटनाको जानकारी दिए पनि ठ्याक्कै ठाउँ बताउन नसक्दा समयमा उद्धार हुन नसकेको उहाँको भनाइ छ।

दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्री गरेर सल्यानतर्फ हिँडेको उहाँहरू सवार रा १ ज ५६३ नम्बरको डबल क्याप सो जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा राति करिब दुई बजेको आसपासमा दुर्घटनामा परेको थियो।

Facebook Comments