• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बालापनको दशैं




मधुसूदन गिरी
दशैं हिन्दु नेपालीहरुको महान पर्व हो । असोज शुक्ल दशमीको दिनमा मनाइने दशैलाई राम्रो लगाउने र मिठो खाने पर्वको रुपमा पनि मनाईन्छ । दशैमा विशेषगरी बालबालिकाले पिङ खेल्ने चङ्गा उडाउने गर्दछन । तर हाम्रो ठाउँमा त्यस्तो चङ्गा उडाउने हुदैनथ्यो । दशै पर्व बालबालिकाकै लागि हो भन्ने भनाइ पनि हाम्रो नेपाली समाजमा रहेको छ ।

मलाई पनि यो भनाइ साँच्चिकै मेल खान्छ जस्तो लाग्छ । हामी सानो छदा तिज पर्व सकिना साथ हामी दशै आउने दिन गनेर बस्थ्यौ । स्कुल जाने साथिहरुसँग पनि दशैको कुरा गरिन्थ्यो ।  यो दशैमा मैले त यो कपडा किन्ने हो । दशैमा त म आमा सँग मामा घर जाने हो ।  यस्तै यस्तै कुरा सँगै दशैको कुरा हुन्थ्यो । कहिले दशैको विदा होला अनि घरमा स्कुल नआएर घरमै बस्ने होला भन्ने हुन्थ्यो ।

दशै आको त तब हुन्थ्यो जब बारिमा मकैको नल काट्न सुरु हुन्थ्यो । मौसम पनि क्या दामि भर्खर बर्षा सिजन सकिएपछि घाम लाग्ने दिनहरु छोटो  हुँदै गएको अनि रात लामो हुँदै जाने दिन । विस्तारै दशै नजिकिदै जान्छ अनि गाउँमा सबैको घर रातो माटो अनि कमेरोले लिप्न सुरु हुन्थ्यो ।

जब घटस्थापनामा आमाले जमरा राख्नुहुन्थ्यो अनि त्यसको भोलिपल्ट देखि नै हेर्न सुरु हुन्थ्यो जमरा उम्रियो कि नाई रु भनेर , विस्तारै दशै नजिकिँदै जादा मनमा खुसिको सिमा रहने थिएन । नयाँ कपडा लगाउने अनि टीका जमरा लगाएर आमा सँग मामाघर जाने दिन आउदै छ भनेर । भोलि दशै आजको रात निद लाग्ने थिएन अहो भोलि त दशै । दशैको दिन बिहानै उठेर नुहाएर घरमा आफुभन्दा ठुला बडाको हातबाट जमरा लगाईन्थ्यो अनि मासु, रोटी, भात खाने अनि दिउसो आमासँग मामाघर गईन्थ्यो । अनि मामा घर गएर टीका लगाएर दक्षिणा गनिन्थ्यो ।

अहिलेको दशै
जब तिज सकिन्छ विस्तारै दशैको माहोल आउन लाग्छ तब बालापनका ती दिनहरुको याद आउछ । खै किन किन बालापनको जस्तो हर्ष उमङ्ग कहिले आउदैन । सानोमा टिका लगाउदै आशिर्वाद दिने हजुरआमाको याद आउँछ अनि मन भक्कानिन्छ । जो हामिसँग हुनुहुँदैन ।

सायद अब जिन्दगी भविष्यको बारेमा सोच्ने भएछ क्यारे दशैको खुसि भन्दा पहिले भविष्यको चिन्ता लाग्छ । बालापनमा नयाँ कपडा किन्ने भनेर घरमा आमा बुबा सँग झगडा गर्ने म अहिले थोरै कमाउने भएर पनि पुरानै कपडामा चित्त बुझाईन्छ । दशै आयो तर बालापनको त्यो खुसि र उमङ्ग कहिले आएन ।

Facebook Comments