• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दलित मुक्तिको आधार माओवादी जनयुद्ध: पुन




खुमबहादुर सुनार / नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका पोलिट ब्युरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज दिपेन्द्र कुमार पुनले ७२ सालको संबिधानले दलितहरुलाई समानुपातिक र समाबेशी कुराहरुसँग जोडेको बताउनुभएको छ । दलित मुक्तिमोर्चा जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई संबोधन गर्दै इञ्चार्ज पुनले दलितहरुलाई अनिवार्य दलित महिला सदस्य, कार्यपालिका सदस्यमा आउनको लागि बाटो खुलेको बताउनु भएको छ ।No description available.

 

उहाँले बिशेष गरी नेकपा माओवादी पार्टीले ल्याएको एजेन्टा, समानुपातिक सहभागिताको प्रत्यक्ष फाइदा दलित समुदायलाई भएको र दलित समुदायहरु लिखितरुपमा अगाडि आउन सफल भएका उल्लेख गर्नुभयो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभाको चुनाव केन्द्रित रहेर मोर्चाले आफ्नो भुमिका निर्वाह गर्ने भएको छ । नेकपा माओवादीको उम्मेदवारहरुलाई बिजयी गराउनको लागि बिभिन्न मोर्चा, बिभागहरु, पालिका संयोजक, युवा बिभाग, सञ्चार बिभाग, कर्मचारी बिभाग, स्थानीय सरकार सञ्चालन बिभाग, गरी अन्य बिभाग पनि गठन गरिएको छ । गठन भएका बिभागहरुको असोज मसान्त भित्रमा बैठक बसी पालिका र वडा तहमा भेला सम्मेलन गर्ने निर्णय गरेको छ ।

No description available.

दलित मुक्तिमोर्चाका केन्दिय सदस्य तथा फ्याक्शन ईन्चार्ज मानसिङ बिकले कानुनी रुपमा कसैले छुवाछुत गर्न नपाईने भएपनि हाम्रो समुदायमा यदाकता भइरहेका छन् र यस्ता घटनाहरुलाई बाहिर ल्याउन कुनैपनि दलित समुदायहरु लुकेर थिचिएर नबसी कानुनीरुपमा आफ्नो अधिकार प्रयोग गर्न अनुरोध गर्नुभयो । कानुनीरुपमा अगाडि बढ्न सकियो भने समाजबाट जातिय बिभेद अनत्य गर्न सकिने धारण राख्नुभयो ।No description available.

दलित मुक्तिमोर्चा जिल्ला समन्वय समितिका संयोजक तुल्सी सुनारको अध्यक्षता एवं नेपाल कम्युनिष्ट माओवादी केन्द्रका पोल्टी बियुरो सदस्य तथा रोल्पा जिल्ला ईन्चार्ज दिपेन्द्र कुमार पुनको प्रमुख अतिथि तथा दलित मुक्तिमोर्चा लुम्बिनी प्रदेशका संयोजक कर्मलाल परियारको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा रोल्पा नगरपालिकाका नगर प्रमुख सुरेन्द्र घर्ति थापा, दलित मुक्तिमोर्चाका केन्दिय सदस्य तथा फ्याक्शन ईन्चार्ज मानसिङ बिक लगायत बिभिन्न गाउँपालिका वडाबाट निर्वाचित दलित वडा महिला सदस्या कार्यपालिका सदस्याहरुको उपस्थित रहेको थियो ।

दलित मुक्तिमोर्चाले निर्वाचित जनप्रतिनिधीहरुलाई खादा र प्रमाणपत्र द्धारा सम्मान गरेको थियो ।

कार्यक्रमको सञ्चाला पुन बहादुर बिकले गर्नु भएको थियो ।

Facebook Comments