• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आशाका किरण संस्थाद्वारा दशैँ मिलन तथा शुभकामना आदान-प्रदान




भालुवाङ १२ असोज । दाङको राप्ती गाउँपालिकामा रहेको आशाका किरण संस्थाले मंगलवार दशैँ मिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।हिन्दुहरुको महान् चाड विजयादशीको अवसरमा दशैको दोस्रो दिन संस्थाले राप्ती गाउँपालिका वडा नम्बर २ को सहयोग तथा सहकार्यमा लालमटियामा कार्यक्रम गरेको हो ।May be an image of 12 people and people sitting

संस्थाका अध्यक्ष अशोक बेल्वासेको अध्यक्षता एवम् राप्ती गाउँपालिकाका प्रवक्ता तथा २ नम्बर वडा अध्यक्ष पहलवान चौधरीको प्रमुख आतिथ्यतामा भएको दशैमिलन तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले चाडपर्वलाई मर्यादित तरिकाले मनाउन सुझाव दिएका छन् । चाड मनाउने नाममा गर्ने देखासिकीको अन्त्य गरी औकात हेरेर दशै मनाउन उनले आग्रह गरेका छन् । साथै कार्यक्रममा ५ जना नयाँ सदस्यहरु पवित्रा विक, सिर्जना थापा, लक्ष्मी पोख्रेल, निशाकुमारी चौधरी, संगिता भण्डारीलाई टिका लगाएर स्वागत गरिएको थियो ।

संस्थाका सदस्य पवित्रा विकको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा राप्ती गाउँपालिका वडा नम्बर २ का वडा सदस्य टेकबहादुर रावत, राप्ती उद्योग वाणिज्य संघका अध्यक्ष सुरज खड्का, रामजहदी सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष हरिप्रसाद श्रेष्ठ, इलाका प्रहरी कार्यालय भालुवाङका असइ दिलिप योगी, समाजसेवी तथा बुद्धिजिवी होमप्रसाद शर्मा, होटल पौवा भालुवाङका प्रबन्धक श्याम न्यौपाने, संस्थाका प्रेस सल्लाहकार सन्तोषकुमार गुप्ता, समावेशी रेडियो राप्ती स्रोता क्लवका अध्यक्ष लालमणी भुसाल, हिन्दु जागर नेपालका केन्द्रिय अध्यक्ष नवीन गिरी, राप्ती मोबाइल तथा इलोक्ट्रोनिक्स व्यवसायी संघका सदस्य युवराज भण्डारी लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका प्रेस संयोजक ओमप्रकाश गुप्ताले गरेका थिए ।

Facebook Comments