• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
दर्ता नभएका अटो चल्न नपाउने, रोल्पा नपामा एकै दिन ४७ अटो दर्ता




खुमबहादुर सुनार
लिवाङ, १२ असोज । रोल्पा नगरपालिकामा एकैदिन ४७ वटा अटो दर्ता भएका छन् । अबदेखि एक साताभित्र अटो दर्ता नगरे सञ्चालन गर्न नपाइने भएपछि मंगलबारमात्र ४७ वटा अटो नगरपालिकामा दर्ता भएका हुन् ।No description available.

रोल्पा नगरपालिकाले मंगलबारदेखि एक हप्ताभित्रमा अटो ब्यवसायीहरुले दर्ता नगरेमा अटो चलाउन नपाइने बताएको छ । मंगलबार बिहानदेखि आफ्नो अटोलाई चलाउनको लागि रोल्पा नगरपालिकाबाट दर्ता भएका ४७ वटा अटोलार्इ सवारी साधन दर्ता प्रमाणपत्र र स्टिकर वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले अटो दर्ताका लागि नगरपालिकामा आएर मंसिरको १ गतेसम्म आउँनुपर्ने र यदि नआएको खण्डमा ट्राफिक प्रहरी र नगर प्रहरीले अटो चालकलाई प्रहरी कार्यालयमा बताउनुभयो । उहाँले अटेरी गर्ने र एक साताभित्र दर्ता हुन नआउने अटो सञ्चालकहरुलार्इ पूर्ण रुपमा अटो सञ्चालन गर्न नदिइने बताउनुभयो ।No description available.

अटो सात दिनसम्म निःशुल्क दर्ता गर्ने र सातदिन पश्चात् दर्ता हुन आउने अटोलाई जरिमानासहित दर्ता गर्ने तथा यो महिनाको अन्तिम पश्चात् दर्ता नभएका अटोलार्इ जिल्ला ट्राफिक प्रहरिको सहयोगमा नियन्त्रणमा लिइने प्रमुख प्रशासकीय अधिकृत पराजुलीले बताउनुभयो ।

नगरपालिकामा पहिलो चरणमा अटो दर्ता प्रकृया भएका अटो सञ्चालनमा ब्यवस्थापन गर्ने, दोस्रो चरणमा नागरिकलाई सहजताका लागि रुट परमिट, भाडादर कायम गर्ने, अटो सञ्चालकहरुलार्इ प्रशिक्षण गर्ने सचेत बनाउने यसैगरी अटो ब्यवसायिहरुको समस्या समाधानका लागि पहल गर्ने लगायतका चरणवद्द कार्यहरु रोल्पा नगरपालिकाले गर्ने भएको छ ।
रोल्पामा सञ्चालित बराहदेव र मधुरमा अटो ब्यवसायी समितिका अध्यक्षहरुको सहमतिमा भएको छलफलले जनता र अटो ब्यवसायीहरुको हितका लागि यस्तो पहल थालिएको हो।

कार्यक्रममा बोल्दै नगर उपप्रमुख गीता आचार्यले नागरिकहरुको सहजताका लागि र जनगुनासो अनुसार नगरपालिकाले अभियान थालेको बताउनुभयो । नागरिकको सुरक्षाका लागि धेरै लामो यात्रा र कच्चि मोटरबाटोहरुमा अटो अनियन्त्रित हुने भएको हुँदा यसतर्फ सचेतहुन आग्रह गर्नुभयो ।

कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख रन्जित आचार्यले पहाडी जिल्लामा अटो चलाउनु निकै जोखिमपूर्ण रहेको बताउनुभयो । अटोले १० किलोमिटर मात्र चल्ने हो, अहिले त अझै मदिरा सेवन गरेर अटो चलाउने, अत्याधिक भारी उठाउने जस्तो कार्यले जोखिमहुने र चालकसंगै सवार रहेका सबैको ज्यान जान सक्ने भएको हुँदा यसतर्फ सबैले विशेष ध्यान दिन उहाँले आग्रह गर्नुभयो ।No description available.

कार्यक्रममा बोल्दै अटो ब्यवसायीहरुको तर्फबाट मधुरमा अटो ब्यवसायीका अध्यक्ष दुर्गा बुढाले विशेष सावधानिका लागि रोल्पा नगरपालिकाले थालेको यस कार्यप्रति आभार ब्यक्त गर्नुभयो । अत्याधिक अटो सञ्चालन गर्नुभन्दा भएका अटोहरुको ब्यवस्थापन गर्नु उचित रहेकोमा जोड दिनुभयो । अब यस अटो आफ्नो क्षेत्रमा मात्र चलाउन पनि बताउनुभयो ।

Facebook Comments