• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सल्यानमा जीप दुर्घटना : मृतकहरुको पहिचान खुल्यो (नामावलीसहित)




सल्यान, १२ असोज । सल्यान कपुरकोटमा बिहे खाएर फर्किदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । राप्तीसोनारी गाउँपालिका – ९ ढकेरीबाट बिहे भोज खाएर मंगलबार बेलुका ७ बजेतिर सल्यानका लागि हिडेको रा १ ज ५६३ नम्बर डबल क्याप गाडी सल्यानको कपुरकोट गाउँपालिका – ३ बनस्पति नजिक दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको सल्यान प्रहरीले जनाएको छ ।No description available.

जीप सडक बाट १५० मि तल खसेको हो। प्रहरीका अनुसार मृतक र घाईतेको पहिचान खुलेको छ ।

 

मृत्यु हुनेमा चालक कोपुरकोट गापा ६ जलबाँङ बस्ने बर्ष २१ को जित बहादुर बोहोरा घटना स्थलमै मृत्यु भएको । कपुरकोट ६ बस्ने बस्ने बर्ष ३७ का धर्मा ओली, बर्ष ४० का टोप बहादुर ओली उनका छोरा वर्ष ११ का बसन्त ओली , बर्ष ३० का सुरेश खत्री, वर्ष ७० का खुमलाल ओली, वर्ष ५५ कि कुमारी ओली,कपुरकोट ५ बस्ने वर्ष ३५ का ललित ओली को घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते हुनेमा सल्यान कपुरकोट गा पा ६ जलबाँङ बस्ने बर्ष ३५ को तिलक ओली रहेका छन । घाईते ओलिको उपचार तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा भैरहेको छ।

 

Facebook Comments