• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
बंगलाचुली गाउँपालिकाले स्थानीयको नि:शुल्क डेङ्गी परिक्षण गर्ने




कमिरेचौर,११ असोज । दाङको बंगलाचुली गाउँपालिकाले आफ्नो पालिकामा बसोबास गर्ने स्थानीयको निशुल्क डेङ्गी परिक्षण गर्ने भएको छ । बंगलाचुली गाउँपालिकाभित्र डेङ्गी संक्रमितको लक्ष्यण भएका विरामीहरुलाई निशुल्क परिक्षणको व्यवस्था गरेको बंगलाचुली गाउँपालिका अध्यक्ष तुल्सीराम पुनले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिका गाउँ कार्यपालिकाको बैठकले नै गाउँपलिकाको ८ वटै वडामा बसोबास गर्ने स्थानियहरुका लागि निशुल्क डेङ्गी परिक्षण गर्ने निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो । अन्यत्र ठाउँमा डेङ्गी परिक्षणको मनोमानी तवरले शुल्क लिईरहेको खवर आउँदा बंगलाचुलीका निम्न आय भएका स्थानियलाई सहजतका लागि निशुल्क डेङ्गी परिक्षणको व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । जनताको स्वाथ्यलाई ध्यानमा राख्दै स्थानिय सरकारले नागरिकलाई राज्यको अनुभव दिलाउन आफुहरुले यस्तो निर्णय गरेको अध्यक्ष पुनले जानकारी दिनुभयो ।

बंगलाचुली गाउँपालिकालको वडा नम्वर ३ को कमिरेचौरमा रहेको बंगलाचुली अस्पताल, वडा नम्वर एकमा रहेको प्राथमिक स्वास्थ्यचौकी स्यूजा,वडा नम्वर ५ मा रहेको लोहारपानी स्वास्थ्य चौकी र वडा नम्वर ८ मा रहेको हाँसीपुर स्वास्थ्य चौकीबाट निशुल्क डेङ्गी परिक्षण गरिने व्यवस्था मिलाईएकोछ ।

लगातार ज्वरो आउने, वाकवाकी लाग्ने, वान्ता आउने, शरिरमा थकान महसुस हुने व्यक्तिहरुले यी स्थानहरुमा गएर डेङ्गी परिक्षण गराउन गाउँपालिका स्वास्थ्य शाखाले सबैलाई अनुरोध गरेको छ ।यस्ता लक्षण भएका विरामिहरुले समयमै स्वास्थ्य संस्थामा पुगेर सेवालिन भनिएको छ ।

Facebook Comments