• १५ बैशाख २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
पद्मोदयमा ‘बाणिज्य दर्पण’ पुस्तक बिमोचन




दाङ, ९ असोज । पद्मोदय क्याम्पस दाङको, शिक्षक बिद्यार्थी संमन्वय समिति बाणिज्य दर्पण प्रकाशन समितिले ‘बाणिज्य दर्पण’ पुस्तक आइतबार एक कार्यक्रमको आयोजना गरि बिमोचन गरिको छ।

बाणिज्य दर्पणका संयोजक यसोदा राउतको अध्यक्षता र क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष ताराप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा विमोचन कार्यक्रम सम्पन्न भएको थियो ।

प्रमुख अतिथि अधिकारीले क्याम्पसमा अध्ययनरत चौथो बर्षका विद्यार्थीले धेरै मेहनत गरेर हरेक बर्ष पुस्तक प्रकाशन गरेको भन्दै खुशी व्यक्त गर्नुभयो । उहाँले विद्यार्थीहरु किताबी अध्यनका साथ साथै अन्य अतिरिक्त क्रियाकलापमा पनि अगाडि रहेको बताउनुभयो । बजार भन्दा टाढा भएकोले बिद्यार्थीलाई बिहानमा क्याम्पस अाउन ग्राहाे भएको भन्दै अब तिहार लगतै क्याम्पसमा बस सञ्चालन हुने जानकारी गराउनु भयाे ।

पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसीले शिक्षा र संचार जोडेकोमा खुसी व्यक्त गर्नुभयो। यसमा अनुसन्धानमुलक लेख समाबेश गर्न सके राम्रो हुने बताउनुभयो । क्याम्पसका विद्यार्थीहरुले पुस्तक प्रकाशन गरेर आफ्नो बाहिरी ब्याबहारीक क्रियाकलाप प्रस्तुत गरेको उहाँको भनाई थियो ।

क्याम्पसका संस्थापक क्याम्पस प्रमुख गोबिन्दप्रसाद न्यौपाने, भी एन क्याम्पस दाङका प्राचार्य शरदकुमार आचार्य, शिक्षक विद्यार्थी समन्वय समितिका संस्थापक अध्यक्ष अमर घर्ती, बिद्यालयका प्राध्यापक बब्लु शर्मा, पद्मोदय पब्लिक नमूना माबिका प्रध्यानाध्यापक रामप्रसाद जैसी, पद्मोदय क्याम्पस प्रमुख निश्चल आचार्य, विद्यार्थी खुस्बु पुन मगर लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

दास्राे बर्षका विद्यार्थी नारायण न्यौपानेकाे स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रमको सहजिकरण विद्यार्थी बिष्णु गोराथोकी र सीता चौधरीले गर्नुभएको थियो ।

Facebook Comments