• १९ बैशाख २०८१, बुधबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
शिक्षक भट्टराईद्वारा विपन्न विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामग्री सहयाेग




युनियन एजुकेसनका निर्देशक सञ्चालक तथा रन्त मावि तनहुँका प्रधानाध्यापक रमेशबाबु भट्टराईले आर्थिक रूपमा विपन्न विद्यार्थीलाई पोषाक तथा शैक्षिक सामग्री सहयोग गरेका छन् । असोज ९ गते रत्न माविमा अध्ययनरत १३८ जना बाल कक्षादेखि १० कक्षासम्मका विद्यार्थीलाई पोसाक तथा शैक्षिक सामग्री सहयोग गरेका हुन् ।

आर्थिक रूपमा विपन्न, असहाय १३८ जना विद्यार्थीलाई सहयोग गर्ने योजना रहेको भट्टराईले जानकारी दिए । यसअघि ५६औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा भट्टराईले तनहुँको व्यास–७ शेराटारस्थित समता विद्यालयका बालबालिकालाई विद्यालय पोसाक र खाद्यान्न सहयोग गरेका थिए ।

भट्टराईले अनाथ, असहाय, विपन्न, शहीद, बेपत्ता र अन्य कारणले अभिभावकको मृत्यु भएका परिवारका ४५ जना बालबालिकालाई ५६ हजार बराबरको विद्यालय पोसाक र खाद्यान्न सामग्री सहयोग गरेका थिए ।

 

पछिल्लो समय समाज सेवामा भट्टराई सक्रिय छन् । विपन्न बालबालिकालाई पठनपाठनमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको भट्टराईको भनाई छ ।

Facebook Comments