नबिन पि.एम. सल्यान ।
वनगाड कुपिन्डे नगरपालिकाकाे सल्लीवजारमा सनिवार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को अगुवा कार्यकर्ता भेला आज वनगाडकुपिन्डे नगरपालिकाकाे सल्लीवजारमा सम्पन्न भएकाे छ ।
पार्टीले पार्टी संगठन विस्तारकाे नियमित काम संगै आगामी मंसिर ४ गते हुने संघ र प्रदेश शभा निर्वाचनकाे तयारी संग जाेडेर जिल्लाका विभिन्न पालिकाहरुमा बैठक तथा भेला गर्ने क्रम संगै सनिबार जिल्लाको बनगाड कुपिन्डेको सल्लिबजारमा भेला सम्पन्न गरेको बताइएको छ । पालिका कमिटी अध्यक्ष रविराज शर्माकाे अध्यक्षतामा बसेको भेलामा पार्टी केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज लाेक वहादुर डागीकाे प्रमुख आतिथ्यतामा रहेकाे थियो ।
भेलामा पार्टी जिल्ला कमिटी उपाध्यक्ष भाेला केसी, जिल्ला कमिटी सचिव रमेशकुमार गाैतम, प्रदेश कमिटी सदस्य एवं पालिका कमिटी इन्चार्ज गणेश विसी प्रदेश कमिटी सदस्य जीवन विसी जिल्ला कमिटि सदस्य तथा पालिका कमिटी सहइन्चार्ज टाेप वहादुर विष्ट जिल्ला कमिटी सदस्य शान्तकुमार यरी, हरि कुवर प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठनका कर्णाली प्रदेश कमिटी उपाध्यक्ष शिखर यरी युवा संघ नेपालका प्रशान्त साहु लगाएतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे, भने भेलामा नेकपा एमाले परित्याग गरि पहल सिंह खत्रीले नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गर्नु भएकाे थियो ।भेलाकाे संचालन पालिका कमिटी सचिव गाेविन्द डागीले गर्नुभएकाे ,जिल्ला सचिव रमेशकुमार गौतमले जानकारी दिनु भयो ।


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।