• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाल मगर संघ दाङको ११ औं अधिवेशन घोराहीमा सुरु




कमल कँवर मगर

नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको ११ औं जिल्ला अधिवेशन उत्घाटन समारोह “मगर महिचान भाषा संस्कृति संवर्द्धन मगरहरुको मुल मन्त्र, मगरात पहिचान र स्वयत्त शासन सहितको संघिय लोकतान्त्रिक गणतन्त्र” भन्ने मुल नाराका साथ आज घोराहीको नयाँ बसपार्क स्थित आफ्नै कार्यालयमा सुरु भएको छ ।

दाङ जिल्ला समन्वय समितीका वर्तमान अध्यक्ष खलु पुन मगरको अध्यक्षता रहेको महाधिवेशन उत्घाटन समारोहमा नेपाल मगर संघ केन्द्रिय समितिका वरिष्ठ उपाध्यक्ष तथा सुनछहरी गाउँपालिकाकाअध्यक्ष धनबहादुर पुनको प्रमुख आथित्यता र विशिष्ठ अतिथिहरुमा बंगलाचुली गाउँपालिकाका अध्यक्ष तुलसीराम पुन ‘सुवास’, नेपाल मगर संघ केन्द्रिय उपाध्क्ष दर्जित पुन मगर, जिल्ला मगर संघ सस्थापक सहसचिव लुमाकान्त कवर मगर लगायतको उपस्थिति थियो भने अतिथिहरुमा नेपाल मगर संघ पुर्व केन्द्रिय सदस्य बलभद्र कुसारी, नेपाल मगर संघ पुर्व अध्यक्ष तथा वर्तामान सल्लाहकार सत बहादुर रोका मगर, मगर संघ जिल्ला समन्वय समितिका सल्लाहकार बलिभद्र राना, दाङ जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीलगायतले बोल्नुभएको थियो ।

त्यस्तै संघका सल्लाहकार कर्ण बुढा, जिल्ला समन्वय समितिका सदस्य जुनु बुढा, घोराही १४ का अध्यक्ष भानसिंह बुढा, संघका केन्द्रीय सदस्य दयजी रोका, भीमप्रकाश पुन, शारदा पुन, पूर्व अध्यक्ष सतबहादुर रोका, सल्लाहकार हरिमान पुन, प्रदेश सदस्यहरु हिरा पुन, इराधा झाँक्री, तुलसीपुर नगर अध्यक्ष राकुमारी घर्तीलगायतले पनि बोल्नुभएको थियो ।

नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिका वरिष्ठ उपाध्यक्ष डिल्लीबहादुर घर्ति मगरको स्वागत मन्तब्य बाट सुरु भएको उद्घाटन समारोहमा वक्ताहरुले मगर समुदायको उत्थान तथा पहिचानको लागि राजनैतिक गुटबन्दिको स्वार्थ भन्दा माथि उठेर साझा नेतृत्व ल्याउन सुझाव तथा अधिवेशन सफलताको शुभकामना दिएका थिए ।

आज भब्यताका साथ उत्घाटन भएको ११ औं महाधिवेशनमा उपस्थिती जनाई कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका जनाउनु भएकोमा प्रमुख अतिथी, विशिष्ट अतिथिहरु, अतिथिहरु, पत्रकार पर्यवेक्षक, सुरक्षा निकाय लगायत सम्पूर्ण मगर तथा गैर मगरहरुमा धन्यावात व्यक्त गर्दै महादिवेशन उद्घाटन समारोहका अध्यक्ष तथा नेपाल मगर संघ जिल्ला समन्वय समितिका वर्तमाज अध्यक्ष खलु प्रसाद पुन मगरले भोलि ८ गते हुने बन्दशत्रले नयाँ साझाँ नेत्रित्व चयन गर्ने विश्वास व्यक्त गर्नु भएको थियो ।

नेपाल मगर संघ दाङ जिल्ला समन्वय समितिको आयोजनामा सम्पन्न जिल्ला अधिवेशन उल्घाटन समारोहको सहजिकरण समितिका सचिव मुक्त बुढा मगरले गर्नु भएको थियो ।
https://www.youtube.com/watch?v=tuCW3ahiIIk

Facebook Comments