• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
जन्मदिनको अवसरमा डिसीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री




असोज ७ दाङ
केही वर्षदेखि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ भने जन्मदिन मनाउने शैली पनि आआफ्नै रहेका छन् । आफ्नो जन्मदिनको अवसरमा कोही होटलमा गएर केक काट्नुका साथै विभिन्न प्रकारका मनोरञ्जनात्मक कार्यक्रमहरु गरेर मनाउने गर्दछन् भने केहीले बृद्धाआश्रममा गएर बृद्धबृद्धाहरु संग मनाउने गरेको पाइन्छ तर घोराही उपमहानगरपालिका–१५ निवासी मुकेश डिसीले भने आफ्नो जन्मदिन विद्यालयमा मनाउनुभएको छ ।No description available.

घोराही उपमहानगरपालिका–१८मा रहेको आधारभूत विद्यालयमा गएर डिसीले विद्यार्थी संगै आफ्नो जन्मदिन मनाउनुभएको हो । विद्यालयमा पुगेर उहाँले विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरेर जन्मदिन मनाउनुभएको हो ।No description available.

डिसीले भन्नुभयो, “जन्मदिनमा फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर विद्यार्थीहरु संग मनाउदा राम्रो हुने लागेर विद्यालयमा गएर जन्मदिन मनाएकोहु ।” अन्यत्र फजुल खर्च गर्नुभन्दा विद्यालयमा गएर गएर शैक्षिक सामग्री वितरण गर्दा विद्यार्थींहरुमा समेत सकरात्मक प्रभाव पर्ने भएकोले जन्मदिनको अवसरमा विद्यालयमा गएर शैक्षिक सामग्री वितरण गरिएको डिसीले बताउनुभयो ।No description available.

विद्यार्थीहरुलाई स्वीटर, कापी, कलम र पेन्सिल संगै विद्यालय प्रशासनलाई समेत केही शैक्षिक सामग्री हस्तान्तरण गरेको उहाँले जानकारी दिनुभो ।
डिसी युवा व्यवसायी, शिक्षक, घोराही चेम्वरअफ कमर्सका सदस्य तथा सामाजिक काममा समेत सकृय रहदै आउनुभएको छ ।

Facebook Comments