• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
टरिगाउँ विमानस्थलमा ७२ सिटे जहाज बस्ने बनाउँछौंः पर्यटनमन्त्री




दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थल विस्तारकालागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठ सहितको टोलीले स्थलगत अवलोकन गरेको छ । विहीबार मन्त्री श्रेष्ठसहित सहरी विकास मन्त्री मेटमणी चौधरी, स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीसहितको टोलीले अवलोकन गरेको हो ।No description available.

यहाँ ७२ सिटे जहाज बसाल्नकालागि अहिलेको धावनमार्गलाई विस्तार गर्न आबश्यक रहेको भन्दै यसको अबस्था बुझ्न आएको मन्त्री श्रेष्ठले बताउनुभयो ।“यहाँ ७२ सिटे जहाज बसाल्नु पर्छ, भन्ने कुरा देशब्यापी रुपमै उठेको छ, हामीले यसमा चासो पनि दिएका छौं”,उहाँले भन्नुभयो“त्यसैले हामी अबस्था बुझ्न यहाँ आएका हौं ।”

आफूहरुले स्थलगत अध्ययन गरेपछि अबको केही समयमा पूर्ण रुपमा सर्वे गर्नकालागि टोली आउने समेत बताउनुभयो । सम्भव भए दशै अगाडी नै आउने गरि तयारी गरिएको उहाँको भनाई थियो ।“सम्भव भए हामी दशै अगाडी नै यो सर्वेकोलागि टोली पठाउने छौं”,उहाँले भन्नुभयो“यदि सम्भव भएन भने दशै पछाडी प्राबिधिकहरुको टोली आएर सर्वे गर्नेछ ।” सर्वे गरेपछि मात्रै बजेटको सुनिश्चितता हुने उहाँको भनाई छ ।

सर्वेकालागि नागरिक उड्ययन प्राधिकरणको टोली आउने छ । टोली आएर यहाँको पूर्ण सर्वे गर्ने प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले बताउनुभयो ।यस क्षेत्रका नेताहरुले प्रभाबकारी भूमिका नखेल्दा पनि यो एयरपोर्ट विस्तार हुन नसकेको सहरी विकास मन्त्री मेटमणी चौधरी बताउनुभयो ।“ हामीले कस्ता नेता जन्माऔं, हामी कस्ता नेता बन्यौं”,उहाँले भन्नुभयो“ दाङको यो एयरपोर्टमा अहिलेसम्म प्रभाबकारी रुपमा सञ्चालनमा ल्याउन सकेका छैनौं ।” पटक–पटक नेताहरु यो एयरपोर्ट अवलोकनका लागि आएको भएपनि विकास भने हुन नसकेको दुःखेसो पोेख्नुभयो ।

 

 

आफू शक्तिमा हुँदा सबैले भूमिका निर्वाह गरे यो एयरपोर्टमा ठूला जहाज बस्ने गरि स्तरबृद्धि भइसक्ने स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले बताउनुभयो ।“ हामी सबै आ–आफ्नो ठाउँमा शक्तिमा भएको बेला पहल गरेको भए, अहिले ठूला जहाज बसिसक्ने थिए”,उहाँले भन्नुभयो“तर, कसैले पनि पहल नगर्दा समस्या भयो, अब हामी जति सक्दो छिटो बजेट सुनिश्चितता गर्छौं ।”

इञ्जिनियरहरुको प्रारम्भीक अध्ययन अनुसार एयरपोर्टको धावनमार्ग विस्तारकालागि दक्षिणतर्फ करिब ६१ विघा जग्गा आबश्यक पर्छ । अहिले एयरपोर्टकै ४० विघा जग्गा छ, भने कपास विकास समितिको ४ विघा जग्गा रहेको छ । बाँकी जग्गा स्थानीयको अधिग्रहण गर्नुपर्ने अबस्था रहेको छ ।

त्यति जग्गा भएमा एयरपोर्टलाई १५०० मिटर बनाउन सकिन्छ । अहिले एयरपोर्टको धावनमार्ग ७५० मिटर रहेको छ । एयरपोर्ट विस्तारकालागि तुलसीपुर उपमहानगरपालिकाले पनि चासो देखाएको छ । उपप्रमुख स्यानी चौधरीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । सोही समितिको संयोजक भएपछि चौधरीले पनि यसमा चासो देखाउनु भएको छ ।“एयरपोर्ट विस्तार गर्न सम्भव छ,त्यसकालागि सबैको सहयोग चाहिन्छ”,उहाँले भन्नुभयो“अबको तीन महिना भित्र एयरपोर्टमा ठूला जहाज उडाउन सकिन्छ ।”

अहिले एयरपोर्टमा हप्तामा तीन दिन मात्रै उडान हुने गरेको छ । नेपाल बायु सेवा निगमका दाङ स्टेशन म्यानेजर महेन्द्र शर्माका अनुसार जहाज विग्रिएर‘ग्राउन्डेड’ भएपछि हाल बुधबार, विहीबार र शुक्रबार मात्रै फ्लाईट हुने गरेको छ । यस अघि दैनिक हवाई सेवा थियो ।

अहिले दाङ – काठमाडौं हवाई भाडा न्यूनतम भाडा ८ हजार ८ सय १० छन्, भने अधिकतम १२ हजार ६ सय ६५ रहेको छ । काठमाडौं भन्दा दाङ आउँदा भने त्यसको दुई सय रुपैँया बढी हुन्छ । काठमाडौंमा यात्रु सेवा वापत पाँच सय रहेको , दाङमा तीन सय रहेकाले काठमाडौंबाट दाङ आउँदा दुइसय रुपैँया बढि लाग्ने गर्छ । अहिले एयरपोर्टमा निगमको १९ सिटे टुइनेटर आउने गर्छ । त्यहाँ डिपो निर्माणको काम पनि सकिएको छ । अब केही समयमा सञ्चालनमा आउनेछ ।

Facebook Comments