• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
घोराहीमा उदय सोताङ र मनिला सोताङको साथमा सांगितिक साँझ हुने




ओम संगीत कला केन्द्र घोराही शाखाको आयोजनामा हिन्दुहरुको महान् पर्व बिजयादशमी तथा शुभ दिपावली–२०७९ का अवसरमा घोराहीमा सांगितिक साँझ हुने भएको हो छ ।

आयोजक ॐ संगीत कला केन्द्र घोराहीले विहीवार घोराहीमा पत्रकार सम्मेलन गरेर कार्यक्रमबारे जानकारी दिएको हो । वरिष्ठ कलाकारहरु उदय सोताङ र मनिला सोताङको साथमा सांगितिक साँझ हुने आयोजकले जानकारी दिएको छ । साविक राप्तीमै पहिलो पटक यो जोडीको सांगितिक साँझ आयोजना गरिएको आयोजक ॐ संगीत कला केन्द्र घोराहीका संयोजक राजेन्द्र दाहालले जानकारी दिनुभयो ।

असोज १६ गते फुलपातिका दिन घोराहीको माला ईन होटलमा बेलुका साढे ५ बजेदेखी कार्यक्रम हुने उहाँले जानकारी दिनुभयो । कार्यक्रममा प्रवेशकालागी ५ सय र १ हजार रुपैयाको टिकटको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । ‘दशैको बेलामा शुभकामना आदानप्रदान गर्ने अवसर पनि र सांगितिक माहोल श्रृजना गर्ने उद्धेश्यकासाथ यस कार्यक्रमको आयोजना गरिएको हो ।

Facebook Comments