• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश राजधानी जग्गा एकीकरण सञ्चालक समिति अध्यक्षमा चौधरी




लुम्बिनी प्रदेश सरकारले स्थायी राजधानी ब्यवस्थापन जग्गा एकीकरण सञ्चालक समितिको अध्यक्षमा श्यामेश चौधरीलाई मनोनित गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले भौतिक पूर्वाधार प्राधिकरण सञ्चालन कार्यबिधिअनुसार उहाँलाई चार बर्षका लागि सो पदमा मनोनित गरेको हो ।

समितिमा विभिन्न मन्त्रालयले तोकेका अधिकृतस्तरका कर्मचारीसहित ११ सदस्यीय सञ्चालक समिति रहने ब्यवस्था छ । जसको सदस्य सचिव इञ्जिनियर रहने व्यवस्था छ ।

अध्यक्ष चौधरीले जग्गा एकीकरण नियमावलीअनुसार जग्गा एकीकरणको काम अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीमा राजधानी व्यवस्थापनका लागि जग्गा एकीकरण कार्यक्रम सञ्चालन हुँदैछ ।

 

Facebook Comments