• १६ चैत्र २०८०, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
संघर्ष नामको, खोजी पहिचानको




दैलेख जिल्लाका चार जनाले नयाँ नाम नामसहितको नागरिकता प्राप्त गर्नुभएको छ।

जिल्लाको भगवतीमाई गाउँपालिका ३ मेहेल्तोलीका कुकुर कामी (क) सोही वडा नम्बर ६ का कुकुर कामी (ख) भगवतीमाई गाउँपालिका –५ का ठगे कामी र दुल्लु नगरपालिका नगरपालिका–१ का फ्याउरो वादीले नयाँ नामसहितको नागरिकता प्राप्त गर्नुभएको हो।

प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेलले नागरिकतामा रहेको ठेगाना, नागरिकता नम्बर, बाबुको नाम, नागरिकता जारी भएको मिति पुरानै कायम गरी नागरिकताको प्रतिलिपि दिइएको बताउनुभयो।

उहाँले कुकुर नाथर भएका दुई जना मध्ये एक जना काशीराम कामी र अर्कोलाई कविराम कामी, ठगे कामीलाई कर्णबहादुर कामी र फ्याउरो वादीलाई फणिन्द्र वादीको नाममा नागरिकता दिइएको जानकारी दिनुभयो।

२०१७ सालमा जन्मिनु भएका कविराम कामीले २०४६ साल जेठ ७ गते नागरिकता बनाउन्न गाउँ गएको बेला कुकुर कामी राखिएको बताउनुभयो। उहाँले आफू सामान्य पढ लेखसमेत गर्न नजानेका कारण के नाम राखियो भन्ने थाह नभएको बताउनुभयो। उहाँलाई तत्कालीन नागरिकता टोली प्रमुख दुर्गाप्रसाद गिरीले प्रमाणित गरी नागरिकता प्रदान गर्नुभएको थियो। उहाँ नाम सच्याएर नागरिकता पाउने पहिलो व्यक्ति हुनुहुन्छ।

अपमानित नाम संशोधन गरेर भगवतीमाई गाउँपालिका–५ ठगे कामीलाई पनि नाम संशोधन गरी नागरिकता प्रदान गरिएको छ। २०३५ सालमा जन्मिनुभएका उहाँले २०५६ साल चैत्र २० गते नागरिकता प्राप्त गर्नुभएको थियो । उहाँले कक्षा सातसम्म पढेको भए पनि तत्कालीन द्वन्द्वको बेला भएका कारण शैक्षिक योग्यता प्रमाणपत्र राख्न नपाएर बनाएको नागरिकतामा ठगे कामी उल्लेख गरिएको थियो।

उहाँले आफ्नो नाम कर्णबहादुर कामी भएको भन्दै नागरिकता सच्याउन निवेदन दिएको भए पनि जिल्ला प्रशासनले उक्त प्रमाणका आधारमा नागरिकता दिन नसकिने बताएपछि पहिलो पढेको विद्यालयबाट प्रमाण मगाएर कर्णबहादुर कामीको नामबाट नागरिकता प्रदान गरिएको छ।

 

Facebook Comments