• ४ बैशाख २०८१, मंगलवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
आईसीसीद्वारा क्रिकेटका ७ वटा नियमहरु परिवर्तन




 

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी० ले १ अक्टोबर २०२२ लागु हुने गरी क्रिकेटका ७ वटा नियमहरु परिवर्तन परेको छ ।

भारतीय पूर्व कप्तान सौरभ गांगुलीको नेतृत्वमा रहेको आईसीसी पुरुष क्रिकेट समितिले एमसीसी २०१७ क्रिकेट नियमहरूको तेस्रो संस्करणमा खेलको अवस्था परिवर्तन गर्न सिफारिस गरेको थियो ।

सोही अनुरुप क्रिकेटका केही नियमहरुलाई परिमार्जन गरिएको हो । नयाँ नियमहरू १ अक्टोबर २०२२ देखि लागू हुनेछ, जसको मतलब अर्को महिना अष्ट्रेलियामा हुने आईसीसी पुरुष टी–२० विश्वकप यी नयाँ नियमहरूको आधारमा खेलाइनेछ । नयाँ नियमहरू – अव नयाँ ब्याट्सम्यानले टेस्ट र एकदिवसीयमा दुई मिनेटमा स्ट्राइक लिनुपर्नेछ भने टी–२० मा यसको समयसीमा ९० सेकेन्ड तोकिएको छ ।

यस अघि कुनै ब्याट्सम्यान आउट भएपछि नयाँ खेलाडीले टेस्ट र एकदिवसीयमा तीन मिनेट समय पाउने गरेका थिए । यदि ब्याट्सम्यानले त्यसो गर्न सकेन भने, फिल्डिङ कप्तानले टाइम आउट माग्न सक्नेछन् अन्यथा नयाँ ब्याट्सम्यान मैदान प्रवेश गर्न नपाउदै आउट हुनेछन् । – क्रिकेट बल चम्काउन र्यालको प्रयोगमा स्थायी प्रतिबन्ध लगाईएको छ । कोभिड–१९ महामारीको प्रकोप पछि क्रिकेट सुरुहुँदा र्यालमा अस्थायी रूपमा प्रतिबन्ध लगाइएको थियो ।

तर अब स्थायी रूपमा र्यालमा प्रतिबन्ध लगाइएको छ । – टी–२० मा जस्तै अब एकदिवसीय क्रिकेटमा पनि समयमै ओभर पूरा नभएमा फिल्डिङ टोलीले ३० गजको घेराभित्र थप फिल्डर राख्नुपर्नेछ । – यदि बलरले बलिङको क्रममा कुनै अनुचित र जानाजानी अवरोध गर्ने गतिविधि गरेमा, अम्पायरले सो बललाई डेड बल दिनेछन् । यस बाहेक ब्याटिङ टोलीले पेनाल्टीको रूपमा ५ रन पाउनेछ । – यदि कुनै बलरले स्ट्राइकरलाई आफ्नो डिलिवरी स्ट्राइडमा प्रवेश गर्नु अघि रनआउट गर्ने प्रयासमा बल फ्याँक्यो भने, यो अब डेड बल हुनेछ । यो अत्यन्तै दुर्लभ सेनेरियो हो ।

जसलाई अहिलेसम्म नो बल मानिदै आएको थियो । – कुनै ब्याट्सम्यान क्याच आउट भए अब नयाँ ब्याटर स्ट्राइकमा आउनेछ । हाल सम्म क्याचको समयमा स्ट्रोक परिवर्तन हुँदा नयाँ ब्याट्सम्यान अर्को छेउमा आउने गर्दथे । – यदि बल पिचभन्दा बाहिर खसे नयाँ नियमअनुसार ब्याट्सम्यान वा ब्याटको केही अंश पिचभित्र परेको अवस्थामा बल खेल्ने अधिकार हुनेछ । अन्यथा अम्पायरले उक्त बललाइ डेड बलको संकेत गर्नेछन् । पिच भन्दा बाहिर टप्पा खाएको बल बल नो–बल मानिनेछ ।

Facebook Comments