• ७ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राजपुरमा (माओवादी केन्द्र)काे बैठकले गर्‍याे पार्टी अध्यक्षसहित सातजना लाई कार्वाही




शिवु खनाल
देउखुरी, ५ असाेज
दाङको राजपुर गाउँपालिका (माओवादी केन्द्र) काे बैठक सम्पन्न भएको छ । मंगलबार राजपुर गाउँपालिका गंगदीमा बसेकाे बैठकले महत्त्वपूर्ण निर्णयहरू गरेको छ । बैठकले राजपुर गाउँपालिका वडा नम्बर ४ र ५ मा असाेज छ गते, २ र ३ मा असाेज ७ गते, १ मा ८ गते, ७ मा ९ गते र ६ नम्बर वडामा ११ गते वडा कमिटीकाे बैठक बस्ने निर्णय गरेको छ ।

यस्तै बैठकले ज.ब.स/मोर्चाका वडा र पालिका स्तरमा बैठक र भेला गर्ने, मत सर्बेक्षण गर्ने तथा संघिय र प्रदेश सभाको निर्वाचनको भीषण तयारी गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले गत स्थानीय निर्वाचन २०७९ मा पार्टीको निति बिपरित पार्टीका उम्मेद्बारहरुलाई हराउने क्रियाकलापमा सक्रिय भइ लागेकालाइ कारबाही गरिएको नेकपा (माओवादी केन्द्र) प्रदेश कमिटी सदस्य एवम् राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्का शिखरले जानकारी दिनु भयो ।

उहाँका अनुसार कार्वाहीमा पर्नेहरूमा पार्टी सदस्य अमर राज गिरि, बिस्नु बुढा, गोमा अधिकारी, मोहन लाल बिक, २ नं. वडा पार्टी अध्यक्ष तुल्सीराम बुढा, ५ नं. वडा पार्टी अध्यक्ष अमर बोहोरा र ७ नं. वडा उपाध्यक्ष साबित्रा केसी रहनु भएको छ । कार्वाही भइ रिक्त रहेकोे पदमा मिना भण्डारी, राजबहादुर यादव, उमा गिरि, पुष्पा चाैधरी, दलबहादुर घर्तीलाई गाउँ कमिटीमा मनोनित गरिएको छ ।

नेकपा (माओवादी केन्द्र) राजपुर गाउँपालिका पार्टी अध्यक्ष श्यामबहादुर राेका, एवम् नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य दामा शर्माको प्रमुख अतिथि तथा प्रदेश कमिटी सदस्य एवम् राजपुर गाउँपालिका इञ्चार्ज चक्रबहादुर खड्काकाे विशिष्ट अतिथिमा राजपुरकाे गंगदीमा बैठक सम्पन्न भएको हाे । कार्यक्रमकाे सहजिकरण पार्टीका सचिव विष्णुप्रसाद यादवले गर्नुभएको थियो ।।

Facebook Comments