• १५ चैत्र २०८०, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
हामीले कम्युनिष्ट आन्दोलन जोगायौँ : सहरी मन्त्री चौधरी




असोज ३, कास्की ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले विद्रोह गरेर नेपालमा कम्युनिष्ट आन्दोलन जोगाएको बताएका छन् ।
एकीकृत समाजवादी कास्कीले पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘जनताले ठुलो त्याग, तपस्या र बलिदानीबाट बनाएको संघीय गणतन्त्रात्मक संविधान माथि ओली नेतृत्वको एमालेले पटक पटक हमला गर्याे । एउटा निर्वाचित कम्युनिष्ट पार्टीको प्रधानमन्त्रीले संवैधानिक सर्वाेच्चता माथि आक्रमण गर्ने कुराले नेपालमा कम्युनिष्ट आन्दोलन माथि ठुलो अविस्वास पैदा भयो । जनतामा कम्युनिष्टहरुले संविधान मान्दैनन् भन्ने मनोविज्ञान तयार हुन थाल्यो । अर्थात् एमालेकै कारण कम्युनिष्ट आन्दोलन जोगिने अवस्था थिएन । तसर्थ कुनै पनि मुल्यमा कम्युनिष्ट आन्दोलन हामीले जोगाउनै पर्ने भयो । यसकारण एकीकृत समाजवादी विकल्प बन्न पुग्यो ।’
दलहरुमा मुलुक चलाउने राजनीतिक संस्कार नभएको भन्दै मन्त्री चौधरीले कांग्रेसको बहुमत हुँदा होस् या कम्युनिष्टको दुई तिहाइ हुँदा होस्, सरकार चल्न नसकेको बताए । मुलुकमा संकट पर्दा सधै पार्टीहरु एक भएको बताउँदै मन्त्री चौधरीले भने, ‘२०१७ साल मा पनि मिल्यौँ । ०४६ सालमा पनि मिल्यौँ । ०६२÷६३ सालमा पनि मिल्यौँ । र अहिले पनि मिलिरहेका छौँ । मिलेर काम गर्ने संस्कार आज मुलुकले खोजिरहेको छ । सबै मिल्दा मात्र संविधान विरोधी एमालेलाई परास्त गर्न सकिन्छ । एमालेलाई परास्त नगरि संविधान बचाउन सकिदैन ।’
ठुला दलमा राजनीतिक चेतना नभएको र उनीहरुप्रति जनतामा विश्वास पनि नभएकाले मन्त्री चौधरीले अबको विकल्प एकीकृत समाजवादी पार्टी भएको बताए ।
स्वास्थ्य राज्यमन्त्री हिरा चन्द्र केसीले एकीकृत समाजवादी पार्टी क्रमशः लोकप्रिय बन्दै जाने धारणा राखेका थिए ।

Facebook Comments