• ६ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्रदेश सरकारबाट पुरस्कृत हुदैँ नाका विशेष पत्रकार




देउखुरी, ६ असोज । लुम्बिनी प्रदेश सरकारले स्थापना दिवसको अवसरमा प्रदेश क्षेत्रमा रहेर विभिन्न क्षेत्रमा रहेर योगदान दिएकाहरुलाई सम्मान एवं पुरस्कृत गर्ने भएको छ ।

प्रदेश सरकारको पुरस्कार छनौट समितिले लुम्बिनी प्रदेश वा बाहिर रहेर योगदान पु¥याउनेहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला कानुन तथा संचार मन्त्री तिलक शर्माले प्रदेश भित्र योगदान गरेका योगदानदाता हरुलाई सम्मान गर्ने निर्णय गरेको जानकारी दिनुभयो । प्रदेश सरकारबाट पुरस्कृत हुनेमा दाङका नाका विशेष पत्रकार शिबु खनाल पर्नु भएको छ ।

उहाँले नेपाल–भारत दाङको नाका र सिमा क्षेत्रको विषयमा केन्द्रित रहेर समाचार मार्फत उक्त क्षेत्रको विषय उजागर गर्नु भएको थियो । दाङको नाका क्षेत्रलाई प्रदेश र संघिय सरकारलाई चिनाउन र त्यहाँँको समस्याको बारेमा जानकारी दिदै मत्वपुर्ण योगदान गरेको भन्दै पुस्कृत गरेको प्रदेश सरकारले जनाएको छ । पत्रकार शिबु खनालले २०७० सालबाट रेडियो नयाँ यूग एफ.एफ र गणतन्त्र राष्ट्रिय दैनिक पत्रिकाबाट पत्रकारिताको शुरुवात गर्नुभएको हो ।

लमही नगरपालिकाको संस्थापक प्रेस सल्लाहाकार समेत रहनु भएका खनाल प्रेस सेन्टरको जिम्मेवार नेता सेमत हुनुहुन्छ । पत्रकार खनाल बिगत दस बर्षदेखि पत्रकारितामा निरन्तर क्रियासिल रहँदै आउनु भएको छ । उहाँ हाल गणतन्त्र राष्ट्रिय दैनिकका देउखुरी प्रमुख, दाङ समाचारको व्यवस्थापक, उज्यालो नेटवर्क, मिसन टुडे दैनिक, दैनिक पत्रमा आवद्ध रहेर पत्रकारिता गर्दै आउनु भएको छ ।

Facebook Comments