खुमबहादुर सुनार
लिवाङ/ गएरातीदेखि अविरल बर्षासँगै रोल्पामा पहिरो जाँदा सहिद मार्ग अबरुद्ध भएको छ । मार्ग अन्तर्गत पर्ने राेल्पा जिल्ला माडी गाउँपालिका वडा नम्बर २ स्थिति घर्तिगाउँको नजिकै खोलवाङमा आएको पहिरोले दाङ- रोल्पा जोड्ने सडकखण्ड पुर्णरुपमा बन्द भएको हो ।
पहिरो ठुलो भएकाले सडक खुलाउन समय लाग्ने भएको छ । आज बिहानैदेखि व्यकहाेलाेडरले पनि नसकेपछि फेरि ११ बजेतिर स्काभेटरले सडक खुलाउन शुरु गरेको प्रहरी उपनिरिक्षक देवराज भट्टराईले जानकारी दिनु भयो ।
Facebook Comments


सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।