• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा विज्ञान दिवस सम्पन्न




दाङ, १ असोज । राप्ती इञ्जिनियरिङ कलेजमा राप्ती अनुसन्धान तथा विकास केन्द्रको आयोजनामा एक समारोहकाबीच विज्ञान दिवस सम्पन्न भएको छ । May be an image of 4 people, people sitting, people standing and indoor
कार्यक्रमका प्रमुख अतिथि पतञ्जली योग समिति दाङका अध्यक्ष प्रभारी उदयबहादुर डाँगीले विश्वमा विज्ञानको इतिहास, नेपालमा विज्ञानको इतिहास र नेपालमा हालसम्म विज्ञानसंग भएका उपलब्धीहरुको बारेमा बताउँदै व्यक्तिको सर्वाङ्गीङ विकासमा योग विज्ञानको सहयोग लिन सके मानव अस्तित्वलाई अझ फलदायी बनाउन सहयोग पुग्ने र विज्ञानले मानिसको समग्र विकासमा सहयोग पु¥याउने बताए । विभिन्न किसिमका मानवमा देखिने सम्पूर्ण समस्याहरुलाई निराकरण गर्न सकिने भएकोले यसलाई सबैले निरन्तरता दिन आग्रह गरे ।May be an image of 5 people, people sitting and people standing
कार्यक्रमका सभाअध्यक्ष, राप्ती इञ्जिनियरिङ कलेजका व्यवस्थापन समिति अध्यक्ष एवं प्रबन्ध निर्देशकडा. भीमसेन गिरीले विज्ञानले नयाँनयाँ अनुसन्धानको कार्य गर्ने र ती कार्यहरु तथ्यपरक हुने बताए । कोरा तथ्यहीन कुरालाई विज्ञानले विश्वास नगर्ने बताए । कसै कसैले विज्ञानलाई गलत तरिकाले प्रयोग गर्ने गरेकोमा त्यसलाई हामी सबैले मिलेर निरुत्साहित गर्नुपर्ने बताए । विश्वका हरेक मुलुक विज्ञानकै कारणले विकसित भएकोले हामी सबैले पनि विज्ञानले गरेको नवीतम कार्यलाई अनुशरण गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।May be an image of 1 person and indoor
डा. गिरीले मान्छेले आफ्नो दृष्ट्रिकोणलाई सकारात्मक दिशातिर बोध गरी हरेक किसिमकाहुने अन्वेषणतथाप्रविधिलाई सहि सदुपयोग गरी व्यक्ति, समाज, प्रदेश र राष्ट्रको विकासमा सहि प्रयोग गर्नु पर्नेमाजोड दिए ।
त्यसै गरी कार्यक्रमका अतिथि पूर्व विद्यायिका सीता विकले विज्ञानको विकासले गर्दा हाल विभिन्न किसिमका सेवा तथा सुविधाहरुलाई हामीले सही तरिकाले प्रयोग गर्न सकेमात्र विज्ञानलाई सार्थकतामा परिणत गर्न सकिनेमा जोड दिए । साथै उहांले जस्तो सुकै कार्यहरु गर्दा विज्ञानले दिएको उपलब्धीलाई सबैले ठिक प्रयोजनको लागि प्रयोग गरेर व्यक्तित्व विकास लगायत अन्य क्षेत्रमा प्रयोग गर्नुपर्ने बताए ।
May be an image of 5 people, people sitting, people standing and indoor
विज्ञान दिवसको अवसरमा भएको कार्यक्रममा कलेजका एकेडेमिक कोर्डिनेटर ई. बाबुराम जोशी, प्रशासकीय प्रमुख धनेश्वर चौधरी, प्रभारी उदयडाँगी, शुसिला आचार्य लगायतको सहभागिता रहेको थियो ।
उक्त कार्यक्रमको सहजीकरण कलेजका निर्देशक मधुसुदन बैद्यले गरेका थिए ।
Facebook Comments