• १६ जेष्ठ २०८३, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : sisneonline@gmail.com
विज्ञापनका लागि
9809855403
कविताः शहर




थम्मन निर्दोषी बस्नेत

बिपना बेचेर सपना किन्ने
मनै मनको रहर
मान्छेले मान्छे नचिन्ने
कस्तो तिम्रो हो यो शहर
फुर्सदमा छैन कोहि यहाँ
गल्लीअनि चोक धाउनेहरु

कोहि खुशी छैनन यहाँ
सुन्यताको भिडमा आउनेहरु
मानवताको दिप खोज्दै
अलमल्ल छन मान्छेहरु
गाउँ छोडी शहर रोज्दै
असरल्ल छन मान्छेहरु
बिपना बेचेर सपना किन्ने
मनै मनको रहर
मान्छेले मान्छे नचिन्ने
कस्तो तिम्रो हो यो शहर
पैसैले किन्छ नाता यहाँ
पैसैले भावना

पराई होइनन कोहि यहाँ
तर छैनन कोहि आफ्ना
आउने जाने सयौ यात्री
चिन्दैन कोहि बाटो यहाँ
ठग्ने ठगिने बेहोस सबै
तर सोच्दैनन कोहि लाटो यहाँ
बिपना बेचेर सपना किन्ने

मनै मनको रहर
मान्छेले मान्छे नचिन्ने
कस्तो तिम्रो हो यो शहर

Facebook Comments