नेकपा माओवादी केन्द्र दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उपाध्यक्ष कृष्णबहादुर महरासहित तीन जनाको नाम सिफारिस गरेको छ ।
महरासहित केन्द्रीय सदस्य नारायणी शर्मा ‘प्रतिक्षा’ र प्रदेश सचिवालय सदस्य लुमबहादुर कार्की ‘बद्री’को नाम सिफारिस गरिएको छ ।
त्यस्तै प्रदेश क्षेत्र नम्बर १(१)तर्फ इन्द्रजित थारु, लुमाकान्ता न्यौपाने, बिरेन्द्र चौधरी र धर्मराज अधिकारीको नाम सिफारिस गरिएको छ ।
त्यसैगरी प्रदेश क्षेत्र नम्बर १(२)तर्फ दामा शर्मा, रामप्रसाद घिमिरे, बसन्तराज अधिकारी, बाबुराम चौधरी, कालिराम चौधरी, गंगा पाण्डे र भीमबहादुर ओलीको नाम सिफारिस गरिएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।