• १३ बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
प्राविधिक शिक्षामा ४८ जनालाई नि:शुल्क छात्रावृत्ति दिने रोल्पा नगरपालिकाको निर्णय




खुमबहादुर सुनार
लिवाङ/ रोल्पा नगरकार्यपालिकाको बैठक बुधबार नगरपालिकाको पुरानो हलमा सम्पन्न भएको छ ।No description available.

उक्त बैठकले तपशिलका निर्णय गरेको छ :
रोल्पा नगरपालिकाको एक घर एक प्राविधिक शिक्षाको नारा अनुसार बिगतका वर्षहरुझैं यस वर्षमा पनि एकसय जनालाई निशुलक प्राविधिक छात्रबृत्ति बितरण गर्ने कार्यक्रममा छनोट भएका ४८ जनालाई नि:शल्क प्राविधिक छात्रबृत्ति प्रदान गर्ने निर्णय भएको छ ।No description available.

नगरको आर्थिक वर्ष २०७९/८० मा उपभोक्ता समितिबाट सञ्चालनहुने योजना समयमै सम्पन्न गर्न असोज ३ गते सम्म समिति गठन गरी सक्नुपर्ने र गठित उपभोक्ता समितिका पदाधिकारीहरुलाई असोज ४ गते वडा नम्बर ९ र १०, ५ गते १ र २, ६ गते ३ र ५, ७ गते ६ र ४ ८ गते ८ र ७ मा अभिमुखीकरण गर्ने निर्णय भएको छ ।

भु उपयोग नियमावली २०७९ को नियम (१२) अनुसुचि १ अनुसार भू उपयोग ऐन २०७६ को दफा ४ र २० बमोजिम स्थानीय भु उपयोगपरिषदले जग्गाको बर्गिकरण गर्ने ब्यवस्था भएकोले नगर प्रमुख सुरेन्द्र घर्ती थापाको अध्यक्षतामा भु उपयोग परिषद गठन गरेको छ ।

रोल्पा नगरपालिकामा खानेपानीको महसुल अत्याधिक चर्को भएको भन्ने जनगुनासोका आधारमा नगरपालिका भित्रका वडाबाट सेवा लिने सेवाग्राहीले सेवा लिदा खानेपानी महसुल तिरेको र सिद संलग्न भएपछि वडा कार्यालयबाट सिफारिश गर्ने निर्णय भएको छ ।

रोल्पा नगरपालिका बजारक्षेत्रलाई ब्यवस्थित बनाउनका लागि अब्यवस्थित पाईपलाईनहरु ब्यवस्थापन गर्ने, बिद्युतका पोलहरु तथा तारहरुलाई ब्यवस्थापन गर्न बिद्युत प्राधिकरणलाई अनुरोध गर्ने, नेपाल टेलिमका अब्यवस्थित तारहरुलाई ब्यवस्थापन गर्न अनुरोध गर्ने, सडकपेटीमा राखिने अब्यवस्थित पसलहरुलाई ब्यवस्थापन गर्ने, घुमन्ते खालका ब्यवसायीहरुलाई ब्यवस्थापन गर्न सरोकारवालाहरुलाई आग्रह गर्ने, अब्यवस्थित बंगुरपालन तथा बधशालाको ब्यवस्थापनका लागि सूचना प्रकाशन गर्ने, बजारक्षेत्रका केही स्थानमा देखिएका अब्यवस्थित शौचालय र सेफ्टीटयाँकीको ढललाई खुलाछाडेर बजारक्षेत्र प्रदुषण गर्ने घरधनीहरुलाई सेफ्टीटयाँकी ब्यवस्थापन गर्न लगाउने जसका लागि सूचना प्रकाशन प्रशारण गर्ने लगायतका निर्णय गरेको छ ।

रोल्पा नगरपालिकाको आपतकालिन कार्यसञ्चालन केन्द्र कार्यसञ्चालन कार्यविधि २०७९ पारित भएको छ । यस्तै रोल्पा नगरपालिका भित्रका बेवारिसे मानसिक सन्तुलन गुमाएका ३ जनालाई मानव सेवा आश्रम तथा सुधारकेन्द्र बुटवलमा पठाउने निर्णय स्वरुप ४ नम्बर वडा कार्यालयलाई जिम्मेवारी दिने र आज मात्रै २ जना कुपोषित बालकहरुलाई काठमाण्डौंमा पठाइएको जानकारीसहित उनीहरुको उचित शिक्षा, दिक्षाका लागि समेत अभिभावकत्व ग्रहण गर्ने निर्णय गरेको छ ।

नगर प्रमुख सुरेन्द्र थापा घर्तीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत महेन्द्र पराजुलीले गर्नुभएको थियो ।

नगर कार्यपालिकाको बैठकको अवसरमा नापी कार्यालय रोल्पाका प्रमुख पुरण चौधरी, मालपोत कार्यालय रोल्पाका प्रमुख डिल्लीराज आचार्यले प्रस्तुत गर्नुभएको भु उपयोग नियमावली २०७९ का लागि प्रस्तुतीकरण पश्चात उहाँहरुलाई धन्यवाद दिएको छ । यस्तै रोल्पा नगरपालिकामा सञ्चालन भएको युनिसेफको आर्थिक, हुरेकको प्राविधिक सहयोगमा आयोजित वास कार्यक्रमको बारेमा संक्षिप्त प्रस्तुतीकरण समेत सम्पन्न भएको थियो । युनिसेफका नवदिप सिलवासले प्रस्तुती राख्नुभएको थियो ।

Facebook Comments