पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर भीमदत्त खड्काले आगामी मंसिर ४ गते हुने निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।
उहाँले रुकुम १ बाट प्रदेशसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दिने बताउनुभएको छ । ठूलो बलिदानबाट प्राप्त उपलब्धि जोगाउँदै जनताको अवस्था बदल्न अब हिजो बलिदान गर्नेहरु नै नीति निर्माण तहमा पुग्नुपर्ने भन्दै आफू उम्मेदवारी दिने निर्णयमा पुगेको खड्काले बताउनुभयो ।
‘हाम्रो रगत पसिनाका कारण ब्यवस्था बदलियो’– उहाँले भन्नुभयो– ‘अब ब्यवस्थाप अनुकूल जनताको अवस्था बदल्न हिजो बलिदान गर्नेहरु फेरि जाग्नुपर्ने महसुस गरी मैले उम्मेदवारी घोषणा गरेको हुँ ।’
पछिल्लो समय जापानमा बस्दै आएका खड्का नेपाल फर्केलगत्तै चुनावको तयारीमा जुट्नुभएको छ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।