राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा हुतराज थापा नियुक्त हुनुभएको छ ।
आजको बसेको मन्त्रिपरिषद् बैठकले थापालाई राष्ट्रिय अनुसन्धान विभाग प्रमुखमा नियुक्त गरेको हो । रोल्पा गजुल निवासी थापा गुप्तचर प्रहरीमा क्षमतावान मानिनुहुन्छ ।
२०५३ सालमा प्रहरी निरीक्षकबाट सेवा शुरु गरेका थापा यसअघि प्रशासन विभाग प्रमुख हुनुहुन्थ्यो । ३३ केजी सुन छानबिन समितिको नेतृत्व गरेका थापा आन्तरिक अनुसन्धान र बाह्य नीति निर्माणमा क्षमतावान मानिनुहुन्छ ।
जयसिह धामी बेपत्ता अनुसन्धान समितिलगायत दर्जन बढी अनुसन्धान समितिमा रहेर काम गरेका थापा प्रमुख हुँदा नेपालको गुप्तचरी अनुसन्धानले गति लिने सुरक्षाविद्रुले अपेक्षा गरेका छन् । एक सुरक्षाविद्ले भने– ‘नेपालको राष्ट्रिय अनुसन्धान विभागले निकै योग्य व्यक्ति पाएको छ ।
यसलाई सरकारले राम्रोसँग प्रयोग गर्नसक्यो भने देशको सुरक्षा नीति निर्माणदेखि राष्ट्रिय अन्तर्राष्ट्रिय अनुसन्धानमा महत्वपूर्ण योगदान हुनेछ ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।