नेकपा माओवादी केन्द्रले दाङको निर्वाचन क्षेत्र नम्बर २ मा उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरासहित तीन जनाको नाम प्रतिनिधिसभा सदस्य पदका लागि सिफारिस गरेको छ।
नेकपा माओवादी केन्द्र क्षेत्र नम्बर २ समन्वय समितिको आइतबारको बैठकले पार्टी प्रवक्तासमेत रहेका महराको नाम एक नम्बर सिफारिस गरेको जिल्ला सचिव विश्वराज आचार्यले जानकारी दिनुभयो । त्यसपछि क्रमशः स्थायी समिति सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा र जिल्ला इञ्चार्ज निर्मल आचार्यको नाम पनि सिफारिस गरिएको छ ।
महरा २०७४ को निर्वाचनमा यहीँ क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।