• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
सरकारी वकिल कार्यालयबाट भागेका युवक सीमा क्षेत्रबाट यसरी समातिए (भिडियोसमेत)




दाङको घोराहीस्थित जिल्ला सरकारी वकिल कार्यालयको दुई तलामाथिबाट हाम फालेर भागेका एक अभियुक्तलाई प्रहरीले २९ घन्टापछि भारतसँग जोडिएको सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका वडा नं. १७ का २१ बर्षीय लक्ष्मण बिक दिशापिसाब गर्ने बहानामा शौचालय छिरेर भित्रबाट चुकुल लगाइ झ्यालको भेन्टिलेसनको शिशा निकालेर दुई तलामाथिबाट हाम फालेर भागेका थिए । फरार भएकोमा बिकको भारतको सीमावर्ती क्षेत्र गढवा ८ कोइलाबासबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

खोजतलासको लागि प्र.ना.उ. राजनकुमार गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीले नेपाल–भारत सिमानाका नजिकको एक खाली घरको कुनामा लुकेर बसेको अवस्थामा शुक्रवार राति साढे १० बजे पुनः पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिनुभयो । करिब २९ घण्टाभित्र फेलापारी नियन्त्रणमा लिई चोरी कसुर अन्तर्गत अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ।

बिकले भदौ २२ गते दिउँसो ३ बजे घोराही ११ डोक्रेना चोकस्थित मीनाकुमारी लम्सालको घरबाट सुनका गहना र नगद चोरी गरेर भाग्दै गरेको अवस्थामा प्रहरी पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट भदौ २३ गते अदालतबाट म्याद थप अनुमतिका लागि अदालत लगेको बेला सरकारी वकिल कार्यालयको भवनबाट बिक प्रहरीलाई झुक्याउँदै भागेका थिए । प्रहरीले शनिवार पत्रकार सम्मेलन गरी बिकलाई सार्वजनिक गरेको छ ।

यसैबीच प्रहरीले दाङ राजपुर गाउँपालिका वडा नं.५ घर भइ हाल घोराही उपमहानगरपालिका १५ शुभकामना टोलमा डेरा गरी बस्ने २३ बर्षीय रबिन बोहरालाई लागु औषध (खैरो हिरोईन) कारोबारको आरोपमा पक्राउ गरेको छ । लागु औषध कारोवार भइरहेको सूचनाको आधारमा प्रहरी निरीक्षक दामु पुनको कमाण्डमा खटिएको प्रहरी टोलीले बोहरालाई १२ वटा पुडिया लागु औषध (खैरो हिरोइन)सहित पक्राउ गरिएको प्रहरी उपरीक्षक ओलीले जानकारी दिनुभयो । जसको तौल ५ ग्राम १२० मिलि ग्राम रहको छ । बोहरालाई लागु औषध कसुरअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Facebook Comments