• ५ माघ २०८१, शनिबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
राप्ती इञ्जिनियरिङ कलेजमा टोलबासीका लागि एक हप्ते योग प्रशिक्षण




लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङको आयोजना तथा पतञ्जली सेवा समितिको सहयोगमा नियमित गरौ योग, सधै रहौ निरोग भन्ने मूल नाराको सातदिने योग विज्ञान शिविर राप्ती इञ्जिनियरिङ कलेजको सभाहलमा शुुरु भएको छ ।

योग विज्ञान प्रशिक्षणको एक समारोहका बीच लायन्स क्लव इन्टरनेशनल ३२५ एनका प्रथम भाइस गर्भनर एम.जे.एफ.लायन मुकुट ढकालले उद्घाटन गरेका हुन् ।

प्रमुख अतिथि प्रथम डिस्टिक भाइस गभनर लायन ढकालले व्यक्तिको सर्वांगिन विकासमा योग विज्ञानको सहयोग लिन सके मानव अस्तित्वलाई अझ फलदायी बनाउन सहयोग पुग्ने बताए । ढकालले, सातदिन सम्मचल्ने योग शिविरमा सबै जना सक्रियतापूर्र्वक सहभागी हुन आग्रह गरे ।

विशिष्ट अतिथि पतञ्जली योग समिति लुम्बिनीका अध्यक्ष प्रभारी प्रेम शाहले योग विज्ञानले मानिसको समग्र विकासमा सहयोग पु¥याउने बताए । घोराहीउप–महानगरपालिका वडा नम्बर १६ का वडा अध्यक्ष ताराबहादुर डि.सी.ले योग विज्ञान शिविरको माध्यामद्धारा मानवमा देखिने सम्पूर्ण समस्याहरुलाई निराकरणगर्न सकिने भएकोले यसलाई सबैले निरन्तरता दिनुपर्नेमा जोड दिए ।

लायन्स क्लव इन्टरनेशनल ३२५ एन एरिया नं २ का रिजन चेयर पर्सन एवं लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ संस्थापक अध्यक्ष एम.जे.एफ.लायन डा. भीमसेन गिरीले स्वागत मन्तव्यका क्रममा नियमित योग गर्नाले हरेक मानिस स्वस्थ रहन सहयोग पुग्ने बताए ।

स्वास्थ्यको ख्याल नगर्दा समान्यदेखि जटिल रोगी भई अकालमै मृत्युसमेत हुने गरेको यसबाट बच्न योग गर्न जरुरी रहेकोले सबै जना योग प्रशिक्षणमा भाग लिन आग्रह गरेका थिए । डा.गिरीले कलेजको वरिपरी रहेका टोलमाबसोबास गर्न स्थानीयबासीलाई स्वस्थ्य राख्न योगको आयोजना गरिएको बताए । डा. गिरीले एक हप्ते योग विज्ञान प्रशिक्षणले हरेक मानवको सोचाइमा सकारात्मक प्रभाव पार्न मद्दत गर्ने विश्वास पनि व्यक्त गरे ।

लायन्स क्लव अफ घोराही सिटीका अध्यक्ष लायन पवन योगी, पतञ्जली योग समितिका दाङका अध्यक्ष उदय डाँगी, लायन्स क्लवअफ राप्तीइञ्जिनियरिङका पूर्व अध्यक्ष तथा राप्ती इञ्जिनियरिङ कलेजका प्रिन्सिपल लायन रेशम गिरी, पतञ्जली योग समिति दाङकामहासचिव माधव सुवेदी, पतञ्जली योग समिति महिला जिल्ला कोषाध्यक्ष यमा गौतम, पतञ्जली योग समिति नगर मिडिया प्रभारी बसन्ती ढकाल, योग प्रशिक्षक विष्णु ढकाललगायतले शुभकामना मन्तव्य व्यक्त गरेकाथिए ।

लायन्स क्लब अफ राप्ती इञ्जिनियरिङ अध्यक्ष मधुसुदन बैद्यको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण लायन्स क्लव अफ राप्ती इञ्जिनियरिङका सचिवालयन धनेश्वर चौधरीले गरेकाथिए । योग प्रशिक्षण कार्यक्रममा मुना, शक्ति, सानी अम्बापर, मित्रनगर, सिर्जना, सर्रा र इञ्जिनियरिङ टोलका करिब १२० जनाको सहभागिता रहको छ ।

Facebook Comments