• ९ मंसिर २०८१, आईतवार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नेपाली कांग्रेसका नेता खगराज पाण्डेय को हुन् ? (संक्षिप्त जीवनी)




 वर्तमान नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सह – महामन्त्री एवं दाङ क्षत्र नं. २ प्रदेश सभाका (क)का प्रत्यक्ष तर्फको उम्मेदवारमा सिफारिस खगराज पाण्डेयको जन्म २०११असोज १३ गते साविकको स्युजा गा.वि.स –वडा नं ४ कालीमाटी (हालको बंगलाचुली गाउँपालिका वडा नं १) दाङमा भएको हो । बुवा झबिन्द्रराज पाण्डेय र आमा ठगादेविकोबाट जन्मेका पाण्डेयका एक छोरा र दुई छोरी छन् ।
भारतको बनारस स्थित हरिश्चन्द्र इन्टर कलेजबाट आईएससी गरेका पाण्डेयअनौपचारिक रुपमा विद्यार्थीकालमा पनि राजनीतिमा संलग्न भएपनि औपचारिक रूपमा भने २०३६ सालको जनमत संग्रहमा जिल्लामा गठित बहुदलीय प्रचारप्रसार समितिको सदस्य हुँदै २०४७ सालमा नेपाली कांग्रेस पार्टीको तत्कालिन क्षेत्र नं २ को सचिब बन्नु भएको थियो ।
त्यस्तै, नेपाली कांग्रेस पार्टीको २०५३ सालमा भएको नऔं महाधिवेशनमा पार्टीको केन्द्रीय महाधिवेशन प्रतिनिधि भएका पाण्डेय महासमिती सदस्य, तथा दाङ क्षेत्र नं २को दुई अवधि क्षेत्रीय सभापती हुँदै नेपाली कांग्रेस पार्टीको जिल्लाको उप-सभापती समेत भइसक्नुभएका पाण्डेय हाल नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सह – महामंत्री हुनुन्छ।May be an image of 1 person and text
२०५५ असोज ३ मा भएको स्थानिय निर्बाचनमा नेपाली कांग्रेस पार्टीको तर्फबात जिल्ला विकास समितिको उपसभापतिमा विजयी भई जिल्लाको विकास निर्माणको क्षेत्रमा योगदान पुर्याउनु भएको छ । त्यस्तै २०६० सालमा भएको प्रतिगमनका विरुद्ध जिल्ला देखि केन्द्रसम्म भएका विभिन्न आन्दोलनमा सक्रिय सहभागि भएका नेता पाण्डेय सोही प्रतिगमनको समयमा हुन लागेको नगरपालिकाको चुनावका विरुद्धमा लागेको ले २०६२/१०/१८ मा दाङ जिल्ला कारागारमा लामो समय हिरासतमा समेत बस्नु परेको थियो ।
राजनीतिसँगै समाजसेवा समेत गर्दै आउनुभएको नेता पाण्डेय तत्कालीन समयमा त्रिभुवनगर जेसीजको अध्यक्ष हुँदै नेपाल रेडक्रस सोसाइटी , बिपी चिन्तन केन्द्र, लेखक संघ जस्ता विभिन्न संघ संस्थामा संलग्न भई काम गर्नुभयको थियो । पार्टी भित्र एक खरो इमान्दार र निष्ठाको राजनीति सँगै स्वच्छ छवि बनाएका नेता पाण्डेय २०६४ र २०७०सालको संवधानसभा निर्बाचनको लागि संबिधान सभा सदस्यको लागि दाङ जिल्ला निर्वाचन क्षेत्र नं २ वाट सिफारमा समेत पर्नुभएको थियो। पाण्डेयले तत्कालिन समयमा दाङका सडकको पहुँच नपुगेका साबिकका पहाडी गाबिसहरुमा सडक पुराउने पहलका साथै खानेपानी नपुगेको ठाँउमा खानेपानीको व्यवस्था बिधुत नपुगेको ठाँउमा बिजुलीको विस्तारको लागि समेत काम गर्नुभयो यस्तै शिक्षा क्षेत्रको विकासमा बंगलाचुली गाउँपालिका वडा नं १ मा अवस्थित महेन्द्र मावि स्कूलको व्यवस्थापन समितिको अध्यक्ष भएको समयमा मा वि स्वीकृत गराउनु भएको थियो ।
साथै दाङको नमूना स्कूलको रूपमा परिचित पद्मोदय स्कुलमा व्यवस्थापन समितिको सदस्यको रुपमा काम गरी झबिन्द्र थागा स्मृति पुरस्कार समेत स्थापना गर्नुभएको छ । साथै महेंद्र बहुमुखी क्याम्पस दाङमा पनिव्यवस्थापन समितिमा रही काम गरी वि . एस . सी कक्षा सञ्चालनमा समेत योगदान पुर्याउनु भएको छ । दाङ जिल्ला क्षेत्र नं दुई (क)को प्रदेस सभा सदस्यको को उमेद्वार बने यसपाली बंगालाचुली क्षेत्रमा कृषि क्षेत्रको विकासका योजनाहरु देखी पर्यटन विकासका , ऐतिहासिक धार्मीक महत्व बोकेका पर्यटकीय स्थलमा पैदल मार्ग निर्माण गर्नुका साथै ऐतिहासिक धार्मीक महत्व बोकेका मठ,मन्दिर,पार्टी पौवा लगाएतका स्थलहरुमा सम्झन लायक काम गर्ने उनको भनाइ छ । जनताको र कार्यकर्ताको समेत मन जितेका पाण्डेयलाई यस पाली पार्टीले समेत न्याय गरी आफूलाई टिकट दिनु पर्ने र टिकट पाए आफूले जित्ने समेत दाबी गर्नुहुन्छ ।
Facebook Comments