पवन पोख्रेल/गढवा
राष्ट्रिय स्वतन्त्र पार्टी दाङ्ग जिल्लाअन्तर्गत गढवा गाउँ पालिका तदर्थ समिति गठन भएको छ ।
गढवा उद्योग बाणिज्य संघको सभाहलमा भएको उक्त उक्त भेलामा जिल्ला सभापती ओपेन्द्र दाहालको सभापतित्व र देबराज पाठकको प्रमुख आतिथ्यतामा साथै बिशिस्ट अतिथि गोबिन्द अधिकारी र अतिथि डिल्लीराज खनालको सहभागीतामा भएको भेलाले ७ सदस्यीय तदर्थ समिति चयन गरेको हो ।
जसको सभापति मुबारक अलि, उ(सभापति कस्तुरा न्यौपाने र सचिवमा ताराप्रसाद आचार्यलाई चयन गरिएको छ ।
त्यसैगरी सदस्यहरुमा दिपा थापा, खुशल पाण्डेय, राजमान कुमाल, टुकलाल पोख्रेललाई चयन गरिएको छ ।
उक्त भेलामा समाजसेवी डिल्लीराज खनालले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि देबराज पाठकले पार्टीले देशभरी ब्याप्त भ्रष्टाचारको अन्त्यका लागि जनताले सचेतना पुर्वक आ(आफ्नो ठाउँंबाट भुमिका खेल्नुपर्ने बेला आएको कुरा बताउनुभएको थियो । त्यसैगरी जिल्ला सभापति ओपेन्द्र दालालले कार्यक्रममा आफ्नो मन्तव्यको क्रममा पुराना राजानितिक दल लाई राजनितिको नाममा लाजनीति र कमाउधन्दा नगर्न खबरदारी गर्नु भएको थियो ।
मुलुकका विकृति र विसंगतिलाई समाप्त गर्दै मुलुकलाई विकासको गतिमा अगाडि बढाउन एकढिक्का हनुपर्ने कुरामा गोबिन्द अधिकारीले जोड दिनुभएको थियो । साथै उक्त भेलाले गढवा गापाका वडाहरूमा यथाशीघ्र वडा कमिटी गठन गर्ने सहमति गरेको छ ।
कार्यक्रममा देउखुरी क्षेत्रका सक्रिय युवाहरूको उल्लेख्य सहभागीता रहेको थियो । सहजीकण जिल्ला सचिब किसन ओलिले गर्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।