जगत खनाल
जनता समाबादी पार्टीकि केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटी सचिब तथा जिल्ला भूमि आयोगको बिज्ञ सदस्य लक्ष्मी चौधरी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।
माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर महराले उहाँलाई स्वागत गर्नुभएको हो । उहाँलाई प्रदेश इञ्चार्ज चक्रपाणी खनाल, प्रदेश अध्यक्ष सुदर्शन बराल, जिल्ला इञ्चार्ज निर्मल आचार्यलगायतले पनि स्वागत गर्नुभएको थियो ।
राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङमा आयोजित पार्टीको प्रदेश परिषद समितिको बैठकमा उहाँ प्रवेश गर्नुभएको हो ।
जनता समाजबादी पार्टीमा लामो समय काम गरेकी नेतृ चौधरीले देशको आमूल परिवर्तन गर्ने पार्टी माओवादी केन्द्र रहेकाले उक्त पार्टीको उदेश्य र कार्यक्रम आफुलाइ मन परेकोले आफू प्रवेश गरेको बताउनुभयो ।
विद्यार्थीकालदेखि राजनीतिमा जोडिएकी चौधरी कैलालीको टिकापुर क्याम्पसमा थारु बिद्यार्थी समाजको अध्यक्ष हुँदै एमाले निकट अखिलको केन्द्रिय सदस्य हुँदै अशोक राई पक्षमा जसपमा जोडिनुभएको हो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।