निराजन सिर्पाली/रुकुमपूर्व
रुकुम पूर्वमा रहेको रेडियो पूर्वी रुकुम १०३.२ मेगाहर्जले विदाई तथा स्वागत कार्यक्रम सम्पन्न गरेको छ ।
एक कार्यक्रमका बीच बिदाई भएका ६ जना पत्रकार सर्जना कार्की, जितेन्द्र बुढाथोकी, विक्रम परियार, जयमान बुढा, लेखापाल मिना केसी र स्टेसन मेनेजर गणेश वलीलाई विदाई गरिएको छ ।
त्यस्तै नयाँ आउनेहरुमा स्टेसन मेनेजर बसन्त बाठा मगर, प्राविधिक कक्षका सावित्री खत्री र श्रीधरर खड्का, समाचार कक्षामा कविता शाह र अनुज पछाँई तथा लेखापालमा प्रदिप खड्काको टिमलाई स्वागत गरिएको छ ।
सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मी र उपाध्यक्ष गोपाल रेउले ले अबिरआवरण र खाता ले नयाँ आउनेलाई स्वागत र विदाई भएर जानेहरुलाई विदाई तथा सम्मान गर्नुभएको थियो । कार्यक्रममा बोल्दै रेडियो सञ्चालक समिति अध्यक्ष लालबहादुर बिष्टले नयाँ आउने टिमलाई पनि काम गर्नलाई कुनै पनि अप्ठ्यारोको महसस हुन नदिने बताउनुभयो ।
रेडियो स्टेसन मेनेजर बसन्त बाँठा मगरको अध्यक्षतामा शुरु भएको कार्यक्रममा सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीको प्रमुख र उपाध्यक्ष गोपाल रेउलेको बिशेष आतिथ्यता रहेको थियो । स्वागत मन्तव्य उर्मिला गौतमले राख्नुभएको थियो ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।