दाङ जिल्ला उद्योग वाणिज्य संघले एक कार्यक्रमको आयोजना गरि जिल्ला प्रहरी कार्यालय दाङमा सरुवा भएर आएका प्रहरी प्रमुख बिरवहादुर वली र डिएपी राजन गौतमको स्वागत तथा परिचयात्मक कार्यक्रम गरेको छ ।
कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख विरवहादुर वलीको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा संघ पुर्व अध्यक्ष चन्द्रराज पन्त, निवर्तमान अध्यक्ष नारायणप्रसाद भुसाल, पुर्व सचिव सुन्दरगौतम, घोराही हार्डवेयर व्यवसायी समितीका अध्यक्ष दामोदर केसी लगाएतकाले भनाइ राखेका थिए ।
कार्यक्रममा सहभागिलाइ धन्यवाद ज्ञापन संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीले गरेको कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।