• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
नारायणपुरमा एकहप्ते कलाकार प्रशिक्षण शुभारम्भ




कमलमणि देवकोटा
राष्ट्रिय नाचघर काठमाडौंकाे आयाेजना एवं पतञ्जलि योग सांस्कृतिक जिल्ला समिति दाङको सहआयोजना तथा व्यवस्थापनमा नारायणपुर दाङमा कलाकार प्रशिक्षण कार्यक्रमकाे शुभारम्भ भएको छ।

भदाै १७ गते शुक्रबार दाङ नारायणपुरस्थित पतञ्जलि याेगहलमा आयाेजित एक समारोहका बीच शुरु भएको उक्त प्रशिक्षण कार्यक्रम एक हप्तासम्म सन्चालन हुने र गायन, वाद्यवादन र नृत्यतर्फ गरी तीन विधाका लागि राष्ट्रिय नाचघर काठमाडौंबाट आउनुभएका प्रशिक्षकहरु विपिन घिमिरेले गायनतर्फ, सुशिला थापाले नृत्यतर्फ र नरेश प्रजापतिले वाद्यवादनतर्फ प्रशिक्षण दिनुहुने छ।

स्थानीयवासी, शिक्षक, विद्यार्थी, बुद्धिजिवी, साहित्य सङ्गीत र कला अनुरागीहरुकाे उपस्थिति रहेकाे उक्त समारोहमा प्रशिक्षणमा भाग लिन चाहने प्रशिक्षार्थीहरुले केही शुल्क तिरेर खुल्लारुपमा सहभागी हुन पाउने कुरा आयाेजक संस्थाद्वारा जानकारी गराइएको छ।

पतञ्जलि योग सांस्कृतिक समिति दाङका संयाेजक हुमबहादुर डी.सी.काे अध्यक्षता एवं संस्कृतिविद् नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभा सदस्य डा.गाेविन्द आचार्यकाे प्रमुख आतिथ्य तथा पतञ्जलि योग लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह र जिल्ला प्रभारी उदय डाँगीकाे विशिष्ट आतिथ्यमा सन्चालित कार्यक्रममा घोराही उमनपा वडा नं. १० का अध्यक्ष दीपक पाण्डेय, वडा नं. ४ का अध्यक्ष एवं चलचित्रकर्मी मुनाल घिमिरे, वात्सायन इड्लिस बाेर्डिङ् स्कूलका‌ प्र.अ.विजय गाैतम, ग्रेड बुद्ध इड्लिस बाेर्डिङ् स्कूलका‌ प्र.अ.निर्मल न्याैपाने, उच्च मा.वि. नारायणपुरका प्र.अ.उत्तम खनाल, राप्ती साहित्य परिषद्का केन्द्रीय वरिष्ठ उपाध्यक्ष कमलमणि देवकोटा, राष्ट्रिय लाेक तथा दाेहाेरी गीत प्रतिष्ठान दाङका अध्यक्ष राजेन्द्र दाहाल, लाेकगायिका रमा दाहाल, दाङ जिल्ला चुट्का भजनका अध्यक्ष टेकबहादुर खड्का, कार्यक्रमका प्रमुख अतिथि डा. गाेविन्द आचार्य, विशिष्ट अतिथिहरु प्रेम शाह तथा उदयबहादुर डाँगीलगायतले शुभकामना दिनुभएको थियो भने प्रशिक्षकहरु विपिन घिमिरे, सुशिला थापा, नरेश प्रजापती र कार्यक्रमका अध्यक्ष हुमबहादुर डी.सी.ले कार्यक्रमकाे आैचित्य तथा कलाकारितकाे सन्दर्भमा बाेल्नु भएको थियो।

पतञ्जलि योग नारायणपुरका उपाध्यक्ष केशव बस्नेतको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा उद्योग प्रभारी तथा पतञ्जलि योग दाङ जिल्लाका वरिष्ठ सदस्य दानबहादुर बुढाथोकीले धन्यवाद ज्ञापन र सहजीकरण सचिव घनश्याम के.सी.ले गर्नुभएको थियो।

Facebook Comments