• १४ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कृषि फर्ममा रमाउँदै इन्जिनियर, मासिक तीन लाख बढी आम्दानी 




युवाहरु आफ्नो जीवन जिउन कहिलेसम्म विदेशमा भौतारिरहने ? लाखौं बेरोजगार युवाहरुलाई कहाँ, कसरी र कस्ले जागिरको ग्यारेन्टी गर्लार ? यो प्रश्न नेपालका सबै बेराजगार युवाहरुको मन मष्तिस्कमा घुमिरहेको प्रश्न हो । इमानदारीपूर्वक गरिने श्रम र पौरखले के सम्भव छैन र ? भन्ने एक उदाहरणीय पात्र हुन् मेट्रो कृषि फर्म, घोराही उपमहानगरपालिका ५ धारापानी दाङका संचालक इन्जिनियर अमर अधिकारी ।No description available.

कम्प्युटर इन्जिनियरिङ पढेका ३१ वर्र्षीय अमर अधिकारीले विगत दुई वर्षदेखि धारापानीमा ३ बिगाहा जग्गामा आधुनिक भैंसी पालन गरिरहेका छन् । १७ माउ भैंसी र होलस्टिन प्रजातिको ४ वटा गाई पालेका उक्त फर्ममा दुई वर्षको अवधिमा १ करोड बढीको लगानी गरेका छन् । सानैदेखि केही न केही पेशा व्यवसाय नेपालमै गर्नुपर्छ भन्ने मनमा लागिरहन्थ्यो, पढाइ गर्दै जाँदा कम्प्युटर इन्जिनियरिङको पढाइ सकेर केही समय कन्सल्टेन्सी तथा घोराही उपमहानगरपालिकामा कामको अनुभव पनि लिए तर मनले मानेन र घर सल्लाह गरेर कृषि फर्मको शुरु गरे ।No description available.

व्यवसायमा करिब १ करोड बढी लगानी भइसकेको र अहिले दैनिक गाई र भैंसीबाट १ सय लिटर दूध बजारमा पठाइरहेको मेट्रो कृषि फर्मका संचालक अम्मर अधिकारीले बताए । ‘राम्रो आम्दानी पौरख गरे असम्भव केहि छैन्’ उनले भने ‘जहाँ गएपनि आफ्नो व्यवसाय संचालन गर्नुमा बेग्लै पहिचान र आत्मसन्तुस्टि हुन्छ, त्यसकारण हरेक युवाहरु अनुदान र राहतको मोह नगरीकन पेशा व्यवसायमा जोडिन सकेमात्र आफ्नोसँगै देशको राष्ट्रिय आयमा पनि वृद्धि हुनेछ ।’No description available.

घाँसपात र गोबरसोत्तरमा आफै होमिइहाल्ने अधिकारी सो फर्ममा चार जनालाई रोजगारी पनि दिइरहेका छन् । पेशा व्यवसायमा लागेपछि आफुले नै चौतर्फि ध्यान दिएर नलागे लगानी डुब्नसक्ने खतरा देख्नछन् उनी । माउँ भैंसी र गाइका बाच्छाबाच्छि तथा पाडापाडी गरि ४२ वटा रहेको उनको फर्ममा करिब ३ सयको हाराहारीमा कुखुरा पनि रहेका छन् ।No description available. दैनिक १०० लिटर दूध ९० रुपैयाका दरले घोराही बजारका घरघरमा बेचिरहेको अमर अधिकारीले किसानहरुमा बढ्दो लोभ र वदमासिका कारण बजारमा गुणस्तरीय वस्तु प्रदान हुन नसकिरहेको गुनासो गरे ।

अर्को एक प्रसंगमा उनले सरकारको खर्च अनुत्पादक क्षेत्रमा अत्यन्तै बढी भएको, दलीय नेता कार्यकर्ता पोस्ने तथा वितरणमुखी बजेट भएको हुनाले कृषि क्षेत्रमा राज्यको लगानीले खास औचित्य नभएको ठाहर गरे । अधिकारीले कृषि पेशालाई परिमाणात्मक ढंगले व्यवसायीक बन्ने संकल्प बोकेर काम गरिरहेको छन् । इमानदारीपूर्वक काम गर्ने कृषक सधैं पछाडि पर्ने उनको निष्कर्ष छ । पहुँचका भरमा राज्यका निकायले अनुदान वितरण गर्ने भएकोले आफुहरु अनुदानको निम्ति मरिहत्ते नगरेको बताए । स्थानीय तथा प्रदेश सरकारले पहुँचवालाको कारणले भन्दापनि श्रमको सम्मान हुने ढंगबाट वास्तविक किसानको पहिचान गरेर किसानलाई आर्थिक अनुदान दिनुको सट्टा उत्पादनको बजार तथा उचित मूल्यको जिम्मा लिने र उनीहरुलाई नैतिक तथा मनावैज्ञानिक ढंगले पुरस्कृत गर्नसके राम्रो हुने उनको भनाइ छ ।

३ बिगाहा क्षेत्रफलमा फैलिएको मेट्रो कृषि फर्ममा ६ कठ्ठा जग्गामा गाईभैंसी छन् भने बाँकी जग्गामा विभिन्न मौसमी बेमौसमी घाँस तथा धानखेती गरिएको छ । गाइभैंसीबाट हालसम्म जम्मा भएको मल (गोब)लाई गड्यौला मलको रुपमा विकास गर्न सके बजार मूल्य राम्रो हुने भएकाले आफुपनि सो मलको विकास गर्ने अन्तिम तयारिमा रहेको उनले बताए ।

Facebook Comments