• २१ बैशाख २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
कविताः तँ सुन्नै जन्मिएको




पुरन शर्मा

सदियौ देखि
उनीहरु फलाँकिराछन्
आफ्ना गफ
हामी मात्रै सुनिरहेछौं

चाहन्न म सुन्न ती गफ
तर, सुन्नै पर्छ
वाहियात कुरा, गफ किन सुन्ने ?
मुन्टो बटार्दै गर्दा हप्काउँछ ।
भन्छ– सुन तँ, सुन्नै जन्मिएको होस्ू
हो त सुन्नै जन्मिएको म ?

उहिल्यै देखि
वेढंगको नाच, शासकको
नग्न दृश्य सत्ताधारीको
हेरिरहेको छु
वाध्यतावस्, मन छैन
हेर्न आँखा चिम्लिन्छु
धम्की दिन्छ शासक
हेर हेर्नैपर्छ, हाम्रो नाच
ूतँ हेर्नै जन्मिएको होस्ू

धेरै पहिल्यै बाट
सुन्दै छु, कर्कस आवाज
राक्षसी स्वर
अट्हास्, हाम्रै वर्ग मास्ने
गरिखानेलाई सिध्याउने
बिद्रोह बोल्न खोज्छु
मुठ्ठी उठाऊँछु,
राक्षस् दबाउँछ र भन्छ
सुन, तैले सुन्नै पर्छ
किनकि ूतँ सुन्नै जन्मिएको होस्ू

के म यी सबै
हेर्न, सुन्न जन्मिएँ ?
होईन, म त बोल्न, जन्मिएको
बोल्छु बिद्रोह चाहे जेहोस्
मारिन, मर्न किन नपरोस
नवलपुर, दाङ

Facebook Comments