नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेशसभा दलको प्रमुख सचेतकको जिम्मेवारी गोपाल शर्मा ‘अनल’ले पाउनुभएको छ ।
माओवादी संसदीय दलले बिहीबार शर्मालाई प्रमुख सचेतक बनाएको हो।
शर्मा रूकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य हुनुहुन्छ । यसअघि महेन्द्रबहादुर शाही मुख्यमन्त्री हुँदा उहाँ अर्थमन्त्री रहनुभएको थियो ।
यसअघि प्रमुख सचेतक रहेका ठम्मर विष्ट माओवादी छोडेर एमाले प्रवेश गरेपछि जाजरकोटकी कृष्णा शाहलाई प्रमुख सचेतक बनाइएको थियो। शाह पनि अहिले आर्थिक मामिला तथा योजना मन्त्री नियुक्त भएपछि शर्मालाई बनाइएको हो।
सिस्ने पश्चिम नेपालको एउटा हिमाल हो । हिमालजस्तै दृढ भएर डिजिटल पत्रकारितालाई अगाडि बढाउन हामीले यो नाम रोज्यौं । हिमालजस्तै दृढ भएर अघि बढ्न संकल्प गर्ने यो हाम्रो सानो प्रयास हो ।