• ७ मंसिर २०८१, शुक्रबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
होटल व्यवसायी समिती द्वारा आयोजित तिज विशेष कार्यक्रम सम्पन्न




दाङ देउखुरी होटल व्यवसायी समितीले आयोजना गरेको तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।

‘दाङ देउखुरी होटेल व्यवसायी समितिको आह्वान, मौलिक सांस्कृतिक संरक्षण मार्फत पर्यटन प्रबद्र्धन’ भन्ने मूल नाराका साथ कार्यक्रम गरिएको थियो ।

दाङ देउखुरी होटेल व्यवसायी समितीका अध्यक्ष दिपेन्द्र पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिकाका उप–प्रमुख हुमा डि.सीको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डि.सीले परम्परागत रुपमा चल्दै आएको संस्कृतिलाई जोगाउन सबै लाग्नुपर्ने बताउनुभयो । उहाँले आधुनिकतालाई आत्मसात गर्दै आफ्नौ संस्कार र संस्कृतिको पनि जगेर्ना गर्नुपर्ने बताउनुभयो ।

पछिल्लो समय तिजको पर्व भन्दै गर्दा आफ्नो कला, भेषभुषा र संस्कृतिलाई विर्सदै गएको भन्दै उहाँले त्यसलाई जोगाउन सबै तहबाट लाग्नुपर्ने उहाँको भनाई थियो । तिज पर्वलाई म¥यादित भई एकआपसमा सौहार्दतापूर्ण तरिकाले मनाउनुपर्ने उहाँको भनाई रहेको थियो ।

कार्यक्रममा गायिका टिका पुन, हास्यकलाकार कमल गाउँले, गायक प्रेम विवश घर्ति, प्रेम शर्मा, मोडेल नारायणी खत्री लगाएतका कलाकारहरुले आ–आफनो प्रस्तुती राख्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल के सी, गढवा होटेल व्यवसायी समितीका अध्यक्ष दयाराम थापा लगाएतकाले बोल्नुभएको थियो ।

समितीका उपाध्यक्ष मोहन के.सीको स्वागत मन्तव्यवाट सुरु भएको कार्यक्रमको सहजिकरण महासचिव टिकाराम भुसालले गर्नुभएको थियो । नेपाली कला, संस्कृति र मौलिकतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यका साथ तिज मिलन कार्यक्रमको आयोजना गरिएको आयोजक समितिले जनाएको छ ।

Facebook Comments