• २० बैशाख २०८१, बिहीबार

सम्पर्क

सिस्ने मिडिया एण्ड टेक्नोलोजी प्रालिद्वारा सञ्चालित
सम्पर्क कार्यलय: घोराही उपमहानगरपालिका– १८ घोराही, दाङ
फोन नम्बर: +९७७-९८०९८५५४०३ , ९८५७८३२६३६
इमेलः : [email protected]
विज्ञापनका लागि
9809855403
१५७ औँ माेती जयन्तीकाे अवसरमा गजल वाचन तथा परिचर्चा




दीपक समीर
घाेराही, ११ भदौ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङकाे आयाेजना तथा गजल अभियान दाङकाे सहकार्यमा १५७ औं माेती जयन्तीकाे अवसरमा गजल वाचन तथा परिचर्चा कार्यक्रम घाेराहीमा सम्पन्न गरेकाे छ ।

राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष दीपक शर्मा समीरको अध्यक्षता एवम् वरिष्ठ साहित्यकार तथा पत्रकार नारायण प्रसाद शर्माकाे प्रमुख आतिथ्यता तथा राप्ती साहित्य परिषद्का केन्द्रीय सल्लाहकार एवम् निवर्तमान केन्द्रीय अध्यक्ष पुरूषाेत्तम खनालकाे विशिष्ट आतिथ्यमा सम्पन्न भएको हाे ।

गजल वाचन तथा परिचर्चन कार्यक्रममा राप्ती साहित्य परिषद् का केन्द्रीय अध्यक्ष टिकाराम उदासी र साहित्यकार डा हिमलाल पन्थीले बक्ताकाे रूपमा माेतीराम भट्टका बारेमा परिचर्चा गर्नु भएकाे थियाे । कार्यक्रममा गजलकार डा हिमलाल पन्थी, धनसिङ गिरी, नगेन्द्रकुमार अाचार्य (नगेन्द्र गुरू), हरिप्रसाद पौडेल (स्वर्ण शिखा), दामाेदर पाैडेल, दिलकुमारी बुढामगर (दिलु), मनिषा गिरी (ऋतु), विना राेका, तारस धिमिरे, बिक्रम वली (नेपालीबाबु), भुपाल रावतले गजल वाचन गर्नु भएकाे थियाे ।

साे कार्यक्रममा राप्ती साहित्य परिषद्का बरिस्ठ उपाध्यक्ष एवम् जिल्ला शाखा दाङका सल्लाहकार कमलमणि देवकोटा, पुर्व अध्यक्ष एवम् सल्लाहकार डा लाेकराज पराजुली, लेखक संघ दाङका उपाध्यक्ष गाेविन्द पौडेल, साहित्यकार खेमराज मल्ल, छविलाल काेपीला, देबेन्द्रकुमार रिजाल, क्षितिज मगर, सुभाष न्याैपाने, भुपेन्द्र सुवेदी, शारदा शर्मा, गुरूप्रसाद महरा, नादरप्रसाद भण्डारी, खेमराज गाँउले, दिलिप पुन मगर, नरेश खनाल, सुप्रीया श्रेष्ठ, लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

परिषद् जिल्ला शाखा दाङका सदस्य हरिप्रसाद पाैडेल स्वर्णशिखाकाे स्वागत मन्तव्यबाट शुभारम्भ भएकाे कार्यक्रमको सहजीकरण सचिव प्रकाश के सीले गर्नु भएको थियो ।

Facebook Comments