घोराही, १. भाद्र। दाङको घोराही उपमहानगरपलिका– १८ अखवारे निबासी क्यान्सर पीडित धन प्रताप पुनलाई ९ लाख २८ हजार ३७ रुपैयाँ आर्थिक सहयोग प्राप्त भएको छ लुगुम्याल खाम समाज नेपालको पहलमा उठेको उक्त सहयोग रकम आज सुक्रवार क्यान्सर पीडित लाई हस्तारण गरिएको हो ।
सहयोग गर्नेहरु लुगुम्याल खाम समाज युके बाट रु, ३ लाख ७ हजार, लुगुम्याल खाम समाज अमेरिका बाट रु. २ लाख ५४ हजार ४ सय ३०, लुगुम्याल खाम समाज जापान बाट रु. ७५ हजार ९ सय २५, लुगुम्याल खाम समाज साउदी बाट रु. ५६ हजार ४ सय २६, लुगुम्याल खाम समाज नेपाल बाट २ लाख ३४ हजार २ सय ५६ रुपौया आर्थिक सहयोग गरेका थिय ।
पुन विगत ३ वर्षदेखि कानको क्यान्सर पीडित रहेका छन् । हाल उनको उपचार विपी कोइराल मेमरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भइरहेको छ ।
निजको आर्थिक अवस्था निकै कम्जोर रहेकाले उपचारमा समस्या भइरहेको हुँदा उपचारलाई थप सहज बनाउन र पीडित पुनलाई बचाउन आर्थिक सहयोग गरिदिनुहुन पनि पीडित परिवारले सम्पूर्णमा अनुरोध गरेको छ ।
क्यान्सर पीडित पुनलाई सहयोग गर्न चाहने जो कुनै व्यक्तिले श्रीमती भागीरधी पुन मोबाइल नम्बर ९८६९५९००१६ मा सम्पर्क गर्न सकिने अथवा नेपाल बंगलादेश बैक लि. बैंकमा रहेको भागीरथी पुनको नाममा रहेको खाता नं. ०३२०००४२१८ मा सहयोग गर्न सकिने पीडित परिवारले जानकारी दिएका छन् ।
फोटोग्राफीमा दक्ष महरा सिस्ने अनलाइनका फोटो पत्रकार हुनुहुन्छ ।